१ असोज, काठमाडौं । दिल्लीको मुख्यमन्त्री आतिशी बन्ने भएकी छन् । आम आद्मी पार्टी आपको विधायक दलको बैठकले आतिशीलाई दल नेता चुनेको हो । गोपाल रायका अनुसार विधान सभाले सर्वसम्मतीमा नयाँ मुख्यमन्त्रीका लागि दल नेता चुनिएको हो ।मदिरा सम्बन्धी नीतिगत भ्रष्टाचार गरेको आरोपमा जेलमा परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले धरौटीमा रिहा भएपछि पदबाट राजीनामा दिने...
१ असोज म्यानमार । म्यानमारमा बाढी र पहिरोका कारण मर्नेको सङ्ख्या बढ्दो छ । समुद्री आँधी यागीका कारण आएको बाढी र पहिरोमा परेर २०० जना भन्दा धेरै जनाको मृत्यु भएको त्यहाँको सैन्य सरकारले बताएको छ । अरू ८० जना बेपत्ता रहेको बताइएको छ । यस आँधीले भियतनाम, लाओस्, थाइल्यान्ड र म्यानमारमा गएको हप्ता ५०० भन्दा धेरै जनाको मृत्यु भइसकेको सरकारी तथ्याङ्कहरूले देखाएका छन्...
१ असोज काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्याङ्क अनुसार सबैभन्दा बढी भ्रष्टाचारका उजुरी पर्ने निकायको दोस्रो स्थानमा शिक्षा क्षेत्र देखिएको छ । आर्थिक वर्ष २०७५ देखि २०८० सम्मको तथ्याङ्क हेर्दा भ्रष्टाचारका कुल उजुरीमध्ये शिक्षा क्षेत्रसँग सम्बन्धित सरदर १५ प्रतिशत छन् ।आयोगले राष्ट्रपति समक्ष पेस गरेको आर्थिक वर्ष २०८० र ०८१ को वार्षिक प्रतिवेदनमा...
३१ भदौ काठमाडौँ । ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा भित्र्याएका रवि लामिछानेसहितलाई कारबाहीको सिफारिस गरेको छ । समितिले सोमबार बुझाएको प्रतिवेदनमा भनिएको छ, ‘कुनै पनि कम्पनीको आफ्नै उद्देश्य र मर्म हुन्छ । कम्पनीका सञ्चालक वा सेयरहोल्डरहरू त्यस्तो संस्थामा मुख्य जिम्मेवार हुन्छन्...
३१ भदौ काठमाडौँ । ललितपुर महानगरपालिका वडा नम्बर–८ सौगलबाट प्रहरीले नक्कली नेपाली रुपैयाँसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–३ घर भएर भक्तपुर बस्दै आएका रमेश रोक्का छन् । ३१ वर्षीय रोक्काको साथबाट १ हजार दरका ११५ वटा नक्कली नेपाली नोट बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले बताए । सौगलमा...
३० भदौ काठमाडौँ । सरकारले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि आइतबार नै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न सुझाव दिएका थिए ।स्थानीय...
३० भदौ काठमाडौँ । सरकारले भोलि सोमबार मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै सोमबार मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने जानकारी गराएको हो । सूचनामा भनिएको छ,‘मिति २०८०।१०।२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार जयन्ती मोहम्मद दिवसका दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका...
३० भदौ बाँके । ज्यान मार्ने उद्योग मुद्धामा ५ जनालाई थुनामा राख्न आदेश दिइएको छ । बाँकेको राप्तीसोनारी घटनामा पक्राउ परेका ५ जनालाई थुनामा राख्न बाँके जिल्ला अदालतले आदेश दिएको हो । ज्यानमार्ने उद्योग मुद्दामा आज भएको थुनछेक आदेशानुसार प्रतिवादीहरु वामे भन्ने चुडामणी वली, विशाल बस्नेत, ज्ञानेन्द्र राज वली, रत्न बहादुर भण्डारी र लोकेन्द्र डाँगी भन्ने लोक बहादुर...
३० भदौ काठमाडौँ । सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन करिब तयार भएको छ । तीन महिना अघि संसद्बाट गठन भएको समितिले प्रतिवेदन लेखन कार्यलाई अन्तिम चरणमा पुर्याएको छ । आइतबार प्रतिवेदनलाई तयार गरेर समितिले भोलि सोमबारको प्रतिनिधि सभा बैठकमा पेस गर्ने तयारी गरेको हो ।समितिले प्रतिवेदन तयार पार्न कार्यक्षेत्र टीओआरमा उल्लेख...
३० भदौ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षको अवधिमा दायर गरेका भ्रष्टाचार मुद्दाको प्रतिवादीमा सबैभन्दा ठूलो संख्या राष्ट्रसेवक कर्मचारीको छ । अख्तियारका अनुसार, गत आर्थिक वर्ष २०८० र८१ मा कुल २०१ भ्रष्टाचार मुद्दा दायर गरिएको थियो । दायर गरिएको मुद्दामा कुल एक हजार ५४५ जनालाई प्रतिवादी बनाइएको थियो ।एक वर्षमा २०१ भ्रष्टाचार मुद्दा दायर,...