७ भदौ तनहुँ । भारतीय पर्यटक बोकेको बस आज बिहान मर्स्याङ्दी नदीमा खस्दा १८ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । पोखराबाट मुग्लिनतर्फ आउँदै गरेको भारतीय पर्यटक बोकेको बस तनहुँको आबुखैरेनी नजिकै सडकबाट मर्स्याङ्दी नदीमा खसेको थियो । प्रहरीका अनुसार बसमा सवार ४३ जनामध्ये १२ जना अझै बेपत्ता छन् । १८ जनाको शव फेल परेको छ । १७ जनाको जीवितै उद्धार...
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकामा साउन २७ गते सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरी आएका प्रमुख प्रशासकीय अधिकृत गोपाल शाहीलाई हाजिरी नगराउँदा समस्या उत्पन्न भएको छ । मन्त्रालयले नलगाडमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत (शाखा अधिकृत) दिनेश भट्टराईलाई सरुवा गरेर सो ठाउँमा शाहीलाई सरुवा गरेपनि भट्टराईलाई नै प्रमुख प्रशासकीय अधिकृत चाहियो...
७ भदौ काठमान्डौ । सहकारी संस्थाहरुको बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि आज बोलाएको छ । लामिछानेलाई दिउँसो २ बजे सोधपुछका लागि सिंहदरबारस्थित संसद सचिवालयमा राखिएको समिति बैठकमा डाकिएको छ । लामिछाने यसअघि गोरखा मिडिया नेटवर्क प्रालिको...
६ भदौ काठमान्डौं । यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० कात्तिक २७ गते टिकटकमा लगाएको प्रतिबन्ध बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हटाउने निर्णय गरेको हो । टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।पर्यटन प्रवर्द्धनसहितका ४ सर्तसहित टिकटक खोल्न दिने निर्णय भएको...
६ भदौ दाङ । घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार आज बिहान क्याम्पस परिसरमा बम पड्काएर भाग्न खोज्ने क्रममा दुईजनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए । प्रहरी प्रवक्ता तिमल्सिनाले मोटरसाइकलमा आएका दुईमध्ये एकजनाले बम फालेर भाग्दै...
६ भदौ जाजरकोट । जाजरकोटको कुसे गाउँपालिका–७ धनरासी गाउँका ३८ वर्षीय शिक्षक धनबहादुर शाही दुई सातादेखि नेपालगञ्जबाट सम्पर्कविहीन भएका छन् । शाही कुसे–७ स्थित जनता माध्यमिक विद्यालय समाइलामा अनुदान कोटामा कार्यरत नेपाली शिक्षक हुन् उनी गत साउन १४ गते घरबाट नेपालगञ्ज गएका थिए । साउन २५ गते नेपालगञ्ज बसपार्क गेटनजिक रहेको मीना दैलेखी होटलबाट बेलुका ४ बजे बाहिरिएपछि...
दीपक शर्मा ५ भदौ बाँके । बाँकेमा दुइ वटा समुहका गुन्डाको लडाइका कारण एक महिलाले सास्ती खेप्नु परेको छ । आफ्ना पति सुलभ मल्ललाई खुकुरी प्रहार गर्ने बाँकेको राप्ती सोनारी गाउँपालिका २ का वडाध्यक्ष ज्ञानेन्द्र वलीलाई रिहा गरे आफूले ज्यान दिने मल्लकी पत्नीले चेतावनी दिएकी छन् ।वडाध्यक्ष वली बाँकेको विनौनाका युवा स्यान्डी भनिने समीर विष्ट र सुलभ मल्ललाई भदौ १ गते...
५ भदौ दाङ । दाङ तुलसीपुरका तीन युवा ब्राउन सुगरसहित पक्राउ परेको प्रहरीले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका–१७ का २७ वर्षीय शान्तराज योगी, तुलसीपुर–६ का ३२ वर्षीय सरोज डाँगी र २७ वर्षीय विक्रम श्रेष्ठ पक्राउ परेका हुन्।उनीहरूको साथबाट दुई सय ७० मिलीग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले जानकारी...
५ भदौ हुम्ला । हुम्लामा बोलेरो जिप दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन्। हुम्ला जिल्लाको दक्षिण भेगको चंखेली गाउँपालिकामा आज बिहान बोलेरो जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जिप चंखेली–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको मुगु सडकको गौरीसल्लामा दुर्घटना...
४ भदौ काठमाडौँ । योगी पाइलट बाबाको निधन भएको छ । मंगलबार दिउँसो २ देखि ३ बजेको बीचमा मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । डा। मिश्रका अनुसार पाइलट बाबालाई उक्त अस्पतालमा एक महिना आठ दिनसम्म आइसियुमा राखेर उपचार गरिएको थियो । ८६ वर्षका उनी लामो समयदेखि मधुमेहको समस्याबाट पीडित थिए । पछिल्लो समय छातीमा खराबी देखिएपछि...