१९ जेष्ठ २०८२, आईतवार
१९ जेष्ठ २०८२, आईतवार
रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान हुने
रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान हुने
  • न्युज डेस्क

४ कात्तिक कास्की । सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ।गत शुक्रबार पक्राउ परेका सभापति लामिछानेलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो।

अदालतका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।गत शुक्रबार पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले च मतिस्थित पार्टी केन्द्रीय कार्यालयबाटै पक्राउ गरी पोखरा लगेको थियो।

  • ४ कार्तिक २०८१, आईतवार प्रकाशित
  • Nabintech