६ कार्तिक २०८१, मंगलवार
६ कार्तिक २०८१, मंगलवार
टी २० मा अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य
टी २० मा अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य
  • न्युज डेस्क

५ कात्तिक काठमान्डौ । घरेलु टोली अमेरिकाले तेस्रो टी २० मा नेपाललाई १५७ रनको लक्ष्य दिएको छ।

अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन जोड्यो।अमेरिकाका लागि ओपनिङ ब्याटर मुक्कामल्लले सबैभन्दा बढी ६८ रन जोडे। १८औं ओभरमा सोमपाल कामीबाट बोल्ड हुनुअघि उनले ५१ बलमा ५ चौका र २ छक्का प्रहार गरे।

  • ५ कार्तिक २०८१, सोमबार प्रकाशित
  • Nabintech