१० भदौ कैलाली । अछाममा जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवर र नेपाली कांग्रेस जिल्ला प्रवक्ता पदम शाहबीच कुटाकुट भएको छ ।आइतबार राति जिल्ला समन्वय समितिको कार्यालयस्थित सरकारी निवासमा सँगै मदिरा सेवन गरेका दुवैबीच कुटाकुट हुँदा दुइजना घाइते भएका छन् । कुटपिटका क्रममा समन्वय प्रमुख कुँवरको टाउकोमा चोट लागेको छ भने शाहको हातमा चोट लागेको जिल्ला प्रहरी...
१० भदौ काठमाडौँ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन देशभरिका कृष्णमन्दिरमा...
९ भदौ सुर्खेत । सुर्खेत बहुमुखी क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरु आन्दोलित भएका छन् । विगतमा भएका सहमति पालना नभएपछि प्राध्यापकहरु आन्दोलित भएका हुन् ।सरोकार पक्षसँगको सहमति विपरीत क्याम्पस प्रमुख माधवप्रसाद खनालले अवैधानिक तवरबाट व्यवस्थापन संकायका दुई जनालाई मात्र करार प्रक्रिया अघि बढाएपछि आंशिक प्राध्यापकहरु आन्दोलनमा उत्रेका हुन् ।क्याम्पसमा...
९ भदौ, काठमाडौं । सामाजिक सुरक्षा भत्तासहित सार्वजनिक सेवा लिनका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरु डा मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले शुक्रबार सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका...
८ भदौ रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ३ लेखर्कमा पहरोले पुरिँदा २ जनाको मृत्यु भएको छ। ८ जनाको अवस्था अज्ञात छ।शनिबार रातिदेखि परेको अविरल वर्षापछि वडा नम्बर २ र ३ को सीमाक्षेत्र भएर पहिरो खसेको र तीनवटा घर बगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश महतोले जानकारी दिनु भयो ।‘वडा नम्बर ३ र २ को सिमानामा पहिरो जाँदा ३ वटा घर बगेका छन्।...
९ भदौ कैलाली । कैलालीमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि सो शंकास्पद वस्तु भेटिएको हो । धनगढी उपमहानगरपालिका(४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिबार राति शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।उक्त वस्तु के हो भन्ने कुरा नखुलेको र नेपाली सेनाको डिस्पोजल टोलीलाई बोलाइएको...
८ भदौ काठमाडौं । शुक्रबार पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस सडकबाट मर्स्याङ्दी नदीमा खसेर मृत्यु भएका २७ मध्ये २५ जना भारतीयको शव भारतीय वायुसेनाको जहाजमार्फत लगिएको छ । शनिबार दिउँसो चितवनस्थित भरतपुर विमानस्थल आइपुगेको भारतीय वायुसेनाको केसी ३८१० नम्बरको विमानले २५ वटा शव भारत लगेको हो । चालक र सहचालक उत्तर प्रदेश गोरखपुर घर भएकाले शव बहानमार्फत...
८ भदौ कैलाली । कैलालीमा सर्पले डसेर दुई बालिकाको मृत्यु भएको छ । जिल्लाको गौरीगङ्गा नगरपालिका–७ महुलियामा सर्पले डसेर एकै घरमा दिदी बैनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । ४ वर्षीया काजल र ७ वर्षीया निता घर्तीमगरलाई शुक्रबार राति सुतिरहेको अवस्थामा सर्पले डसेको थियो। सर्पले डसेपछि स्थानीय अस्पतालबाट थप उपचारको लागि धनगढी ल्याइएको...
७ भदौ काठमाडौँ । संसदीय छानबिन विशेष समितिले सहकारीको रकम अपचालनबारे पूर्वगृह मन्त्री रवि लामिछानेसँग तीन घण्टा लामो सोधपुछ गरेको छ ।समितिले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति समेत रहेका लामिछानेसँग ५० भन्दा बढी प्रश्न गरेको थियो, सबैमा लामिछानेले इन्कारी बयान दिएका छन् ।लामिछाने २३ फागुन २०८० मा उपप्रधान तथा गृह मन्त्री भएपछि नै सहकारीको रकम अपचालनमा...
७ भदौ, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहारा नजिकै भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ । पोखराबाट काठमाडौंका लागि छुटेको ४३ जना सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस बिहान ऐना पहरानजिकबाट मर्स्याङ्दीमा खसेको थियो ।दुर्घटनामा गम्भीर घाइते १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ भने बाँकी सबैको...