१७ भदौ सुर्खेत । पहिरोको कारण बन्द रहेको कर्णाली राजमार्ग ५ दिन पछि सञ्चालनमा आएको छ।जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार कर्णाली राजमार्गको दैलेख–कालीकोटका अधिकांश स्थानहरूमा सडक अवरुद्ध भएपछि जुम्लाबाट बेच्नका लागि छुटेका स्याउका करिब ४५ ट्रक ५ दिनदेखि रोकिएका थिए । गत बुधबार भदौ १२ राती परेको अविरल वर्षापछि अवरुद्ध सडक आइतबार बेलुकादेखि सञ्चालनमा आएको...
१७ भदौ बाँके । बाँकेको नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट सातजना बिरामी परेका छन् । नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्राले झाडापखालाबाट गेगलका २५ वर्षीय रुसा पासी र उहाँकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको मृत्यु भएको जानकारी दिए ।भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको नरैनापुर गाउँपालिकाका...
काठमाडौं । आज कुशे औंसी तथा बुबाको मुख हेर्ने दिन। हरेक वर्ष भदौ कृष्ण पक्षको औँसीका दिन कुशे औंसी तथा बुबाको मुख हेर्ने दिनलाई विशेस पर्वका रुपमा मनाउने गरिन्छ । आज वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर कुशे औँसी पर्व मनाइँदै छ। कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग...
१६ भदौ रोल्पा । यो वर्ष सन् २०२४ को १९ जुलाईयता ३० अगष्टसम्म ६ जिल्लाका ७५ जनामा हैजा पुष्टि भएको छ । पछिल्लोपटक २८ अगष्टमा रोल्पामा हैजा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले जनाएको छ । यो वर्ष सबैभन्दा धेरै हैजा संक्रमित देखिएका छन् । ललितपुरमा ५० जनामा हैजा पुष्टि भएको छ । यस्तै, काठमाडौंमा १०, कैलालीमा आठ, रोल्पामा चार, प्युठानमा...
१६ भदौ बाँके । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार अबैध भएको दावी गर्नु भएको छ । आईतबारदेखी नेपालगन्जमा हुने २ दिने लुम्बिनी प्रदेश परार्मश समितिको बैठकमा सहभागि हुन शनिबार नेपालगन्ज आइपुगेका प्रचण्डले पार्टी बलियो बनाउन जनताकामाझ आएको बताउनु भयो । प्रेस सेन्टर नेपाल बाँके शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै प्रचण्डले...
१५ भाद्र रोल्पा । रोल्पामा आफ्नै आमामाथि बलात्कार गरेको आरोपमा छोरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । जिल्लाको त्रिवेणी गाउँपालिकाका २९ वर्षीय युवक आफ्नै आमालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन्।शुक्रबार मध्यरात ५६ वर्षीया आफ्नै आमालाई जबरजस्तीकरणी गरेको जाहेरीका आधारमा ती युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका...
१४ भदौ सुर्खेत । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गलत तथा भ्रष्टाचारीलाई जोगाउने काम जारी राखे माओवादीले सदन र सडकबाट प्रतिवाद गर्ने बताउनु भएको छ । प्रदेश मरामर्श समितिको बैठकमा भाग सुर्खेत आइपुग्नु भएका ‘प्रचण्ड’ले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै यस्तो बताउनु भएको हो । केही दिनअघि सदनमा बोलेको कुरा उत्तेजना र आवेगमा नभई...
१४ भदौ बर्दिया । बबई सिँचाइको नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–९, कर्तनियाका तीन वर्षीया प्रिन्सा चौधरीको मृत्यु भएको हो ।बिहीबार साँझ घरबाट हराएकी बालिकाको खोजतलासका क्रममा गए राति नहरको किनारमा चप्पल फेला परेको थियो । आज बिहान बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी...
१३ भाद्र बाँके । बाँकेमा भएको वस दुर्घटनामा परी तिन जनाको मृत्यु भएको छ । दाङबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे१ख २१२८ नम्बरको यात्रुबाहक बस सडकमा अनियन्त्रित हुँदा भएको दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । उक्त दुर्घटनामा परी दाङको तुल्सीपुरका ६० वर्षीय धनबहादुर ओली र तुलसीपुरकै बसका सहचालक...
१३ भदौ काठमाडौँ । नेकपा एकीकृत समाजवादीले निर्वाचनमार्फत ८४ जना पोलिटब्युरो सदस्य छानेको छ । सहमति हुन नसकेपछि निर्वाचनमार्फत पदाधिकारी र पोलिटब्युरो सदस्य छानेको हो । वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे निर्विरोध भएका थिए । पार्टीको पदाधिकारी चयनको नतिजा भने बुधबार नै आएको थियो । जसअनुसार महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छन् । उनले रामकुमारी...