२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार
भारतको उत्तराखण्डमा बस दुर्घटना, कम्तीमा ३६ जनाको मृत्यु
भारतको उत्तराखण्डमा बस दुर्घटना, कम्तीमा ३६ जनाको मृत्यु
  • न्युज डेस्क

१९ कात्तिक काठमाडौं । भारतको उत्तराखण्डस्थित अल्मोडाको मार्चुलामा सोमबार बिहान यात्रुवाहक बस दुर्घटना भएको छ । कुमाऊका आयुक्त दीपक रावतका अनुसार, बस नियन्त्रणबाहिर गएर खाल्डोमा खसी दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।

बस दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइतेलाई स्थानीय अस्पतालमा पठाइएको छ । रामनगर जाँदै गरेको बस साल्टनजिकै कोपी भन्ने ठाउँमा दुर्घटना भएको हो ।अल्मोडाको साल्ट क्षेत्रका एसडीएम सञ्जय कुमारले भने, “दुर्घटनामा मारिएकाहरूको शव निकाल्ने कार्य भइरहेको छ । घाइतेहरूलाई उपचारका निम्ति अस्पताल पठाइएको छ ।

  • १९ कार्तिक २०८१, सोमबार प्रकाशित
  • Nabintech