२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार
बाँकेमा झाडापखाला बाट एकै घरका ६ जना विरामी एक जनाको मृत्यु
बाँकेमा झाडापखाला बाट एकै घरका ६ जना विरामी एक जनाको मृत्यु
  • न्युज डेस्क

१९ कात्तिक बाँके । बाँकेमा झाडा पखालाबाट एक जनाको मृत्यु भएको छ भने अन्य ५ जना विरामी भएका छन । बाँकेको खजुरा गाउँपालिका ५ बसन्तपुरमा एकै घरका ६ जनालाई झाडावान्ता भएको थियो । १८ गते बेलुकी भएको झाडावान्ताका कारण ६५ वर्षिय केशवराम अहिरको मृत्यु भएको खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुशिल थापामगरले जानकारी दिनु भयो । उहाका अनुसार विरामी अन्य ५ जनाको स्वास्थ्य अवस्था सुधार भएको छ ।

झाडापखालको भएको खवर पाएलगत्तै स्वास्थ्य सस्थामा लैजाने क्रममा अहिरको मृत्यु भएको थापाले बताउनु भयो ।झाडा पखालाका कारण ५५ वर्षीया चौरासिया यादव, २६ वर्षीय भुवन्तु यादव, ३५ वर्षीया जीना यादव, १४ वर्षीय जसमन यादव र ६ वर्षीय अमृत यादव बिरामी परेका छन् ।थापाका अनुसार १८ गते राती खाना खाएर सुतेका अहिर परिवारलाई फुडपोइजन भएको थापाले बताउनु भयो । अहिले सो क्षेत्रमा स्वास्थ्यकर्मि खटाइएको छ ।

  • १९ कार्तिक २०८१, सोमबार प्रकाशित
  • Nabintech