२३ कार्तिक २०८१, शुक्रबार
२३ कार्तिक २०८१, शुक्रबार
नेपालगन्जमा डेंगी सङ्क्रमणको उच्च जोखिम
नेपालगन्जमा डेंगी सङ्क्रमणको उच्च जोखिम
  • न्युज डेस्क

१५ कात्तिक बाँके। नेपालगन्ज उपमहानगरपालिका डेंगी रोग सङ्क्रमणको उच्च जोखिममा देखिएपछि रोकथाम अभियान सुरुआत गरिएको छ । बाँकेमा हालसम्म डेंगी सङ्क्रमित तीन सय ४८ नागरिकमध्ये एक सय ९५ नेपालगन्ज उपमहानगरपालिकाकै नागरिक रहेको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्क क्षेत्रबाट डेंगी तथा कीटजन्य रोग सार्ने लामखुट्टेको बासस्थान खोजी तथा लार्भा नष्ट गर्ने अभियानको सुरुआत गरेको उनको भनाइ छ ।

उपमहानगरका २३ वटै वडामा अभियान सञ्चालन गरिने भएको छ । अभियानअन्तर्गत लामखुट्टेको बासस्थान हुने पानी जमेको टायर, खाल्डाखुल्डी सरसफाइ गरी लार्भाको नष्ट गर्ने कार्य गरिने चन्दले बताए ।  नेपालगन्ज उपमहानगर पालिकाका प्रमुख प्रशान्त विष्टले डेंगी रोग सङ्क्रमण नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी तथा लार्भा नष्ट गर्ने अभियानको सुरुआत गरेको उल्लेख गर्दै यो अभियानमा साथ र सहयोगका लागि नगरवासीलाई समेत अनुरोध गरे।

  • १५ कार्तिक २०८१, बिहीबार प्रकाशित
  • Nabintech