१७ कात्तिक काठमान्डौ । यस वर्ष तिहारमा भाइ मसलाको मूल्य करिव ३० प्रतिशतले वृद्धि भएको छ ।काठमाडौंको असनमा वर्षौंदेखि भाइमसलाको व्यापार गर्दै आएका व्यापारी र खरिदका लागि पुगेका ग्राहकहरुले गत वर्ष भन्दा यस वर्ष भाइ मसलाको मूल्य बढेको बताएका हुन् । भाइ मसलाको पुस्तौनी व्यापार गर्दै आएका स्थानीय व्यापारी सजीव बज्राचार्यले असोज ११, १२ र १३ गते आएको बाढी र पहिरोले पनि यस वर्ष भाइमसलाको मूल्य करिव ३० प्रतिशतले बढ्न गएको बताउनु भयो । उहाँले पाकिस्तान, भारतमा पनि बाढीको प्रभाव पर्न गएकाले पनि यस पालीको तिहारमा भाइमसलाको भाउ निकै बढेको आफूलाई लागेको बताउनु भयो । आफना दाजु भाईका लागी मसला किन्न जाने हरेक दिदि बहिनीले मसलाको भाउ बढेको बताएका हुन ।
भाई मसलाको भाउ आकासिएको व्यापारीहरुको पनि भनाई रहेको छ । काठमान्डौ लगायतका देशभर भाई मसलाको मुल्य बढेको हो । भारत बाट आयात हुने सीमा क्षेत्रमा पनि मुल्य आकासिएको पाइएको छ ।