५ पुस काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं आफ्नो लडाई जारी रहने बताएका छन् । सर्वोच्च अदालतको आदेशपछि शुक्रबार रिहा भएका उनले तस्करविरुद्धको आफ्नो लडाई जारी रहने बताएका हुन् ।
अदालतको आदेशपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोबाट रिहा भएका प्रसाईँले सीआईबी र साइबर दुबैसँग आफ्नो नङ र मासुको सम्बन्ध भएको बताए । उनले अव आफ्नो राजनीतिक यात्रा सुरु भएको उल्लेख गरे ।प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध समेत भ्रम फैलाएको भन्दै प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो । सो मुद्दामा अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएपनि प्रहरीले व्यापारीलाई धम्क्याएको आरोपमा अदालतबाट जारी भएको अर्को पक्राउ पुर्जीको आधारमा फेरि पक्राउ गरेको थियो ।