५ पुस काठमाडौँ । सिटिजन्स बैंकबाट ग्राहकको करोडौँ रकम हराएको पाइएको छ । बैंकमा खाता रहेको एफवान सफ्टको खाताबाट ३ करोड बढी रकम हराएको पाइएको हो ।इसेवा र फोनपेजस्ता डिजिटल वालेट तथा डिजिटल भुक्तानी सञ्चालन गर्ने एफवान सफ्टको खाताबाट ३ करोड ४२ लाख रुपैयाँ हराएको भन्दै कम्पनीले प्रहरीमा जाहेरी दिएपछि उक्त घटना बाहिरिएको होकम्पनीले दिएको जाहेरीका आधारमा हाल उक्त प्रकरणबारे प्रहरीको साइबर ब्युरोले अनुसन्धान अघि बढाएको छ । प्रहरी स्रोतका अनुसार कम्पनीले सिटिजन्स बैंकमा रहेको खाताबाट अनधिकृत रुपमा करोडौँ रुपैयाँ हराएको र रकम हराएको विषयमा आफूहरुलाई जानकारीसम्म नभएको जाहेरीमा उल्लेख गरेको छ ।
प्रहरीका अनुसार कम्पनीको खाताबाट अनलाइन बैंकिङ ह्याक गरेर नेपालमै रहेका विभिन्न व्यक्तिहरुको खातामा ट्रान्सफर गरिएको देखिन्छ । केहीको भने टिकटबापतको रकमसमेत भुक्तानी गरेको देखिएको छ ।बैंकमा रहेको खाताबाटै एफवान सफ्टको करिब साँढे तीन करोड रुपैयाँ ह्याकरले चोरेको पाइएपछि सिटिजन्स बैंकमा अन्य जनताको निक्षेप पनि जोखिममा रहेको पाइएको छ । उक्त विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । –