४ जेष्ठ २०८३, सोमबार
४ जेष्ठ २०८३, सोमबार
इबोला भाइरस ८० जनाको मृत्यु, डब्लुएचओले घोषणा गर्‍यो विश्व स्वास्थ्य संकटकाल
इबोला भाइरस ८० जनाको मृत्यु, डब्लुएचओले घोषणा गर्‍यो विश्व स्वास्थ्य संकटकाल
  • न्युज डेस्क

४ जेठ काठमाडौं । कंगोको पूर्वी इटुरी प्रान्तमा इबोला भाइरसको सङ्क्रमणबाट हालसम्म ८० जनाको मृत्यु भइसकेको छ भने २४६ वटा शंकास्पद केसहरू फेला परेका छन्।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ। यद्यपि, डब्लुएचओले यो अवस्था अझै महामारीको श्रेणीमा भने नपर्ने जनाएको छ।यो रोग हाल इटुरी प्रान्तका बुनिया, र्वाम्पारा र मोंगवालु क्षेत्रमा फैलिसकेको छ। कंगोमा इबोला सन् १९७६ मा पहिलो पटक देखिएको थियो र यो देशमा देखिएको यसको १७औँ प्रकोप हो।

  • ४ जेष्ठ २०८३, सोमबार प्रकाशित
  • Nabintech