६ कार्तिक २०८१, मंगलवार
६ कार्तिक २०८१, मंगलवार
बाँकेमा २० र दाङमा १० जना जुवाडे पक्राउ
बाँकेमा २० र दाङमा १० जना जुवाडे पक्राउ
  • न्युज डेस्क

६ कात्तिक बाँके । घोराही उपमहानगरपालिका १५ उषाटोल बस्ने ६० वर्षीय शरद लामिछानेको घरमा जुवातास खेलिरहेको अवस्थामा लामिछाने समेत १० जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७० हजार ६ सय ६० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो।

बाँकेको राप्तिसोनारी  गाउँपालिका ६लक्ष्मिराजपुरबाट जुवातास खेलिरहेको अवस्थामा नेपालगंज उपमहानगरपालिका(६ बस्ने ४१ वर्षीय मेघनाथ कुचबन्दिया समेत २० जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ९१ हजार रूपैयाँ र १४ बुक सहित पक्राउ गरेको हो।

  • ६ कार्तिक २०८१, मंगलवार प्रकाशित
  • Nabintech