६ कार्तिक २०८१, मंगलवार
६ कार्तिक २०८१, मंगलवार
१० गते माओवादीको काठमान्डौमा खबरदारी सभा
१० गते माओवादीको काठमान्डौमा खबरदारी सभा
  • न्युज डेस्क

६ कात्तिक काठमान्डौ । नेकपा माओवादी केन्द्र ले कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गर्ने भएको छ।सरकारका गलत कमदको विरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौंको प्रदर्शनीमार्गमा खबरदारी सभा गर्ने निर्णय भएको हो।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा भएको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरूको संयुक्त बैठकमा खबरदारी सभा गर्ने जानकारी गराएका हुन्।खबरदारी सभाको तयारीमा जुट्न सबै कमिटीहरूलाई उनले निर्देशन पनि दिएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ।

  • ६ कार्तिक २०८१, मंगलवार प्रकाशित
  • Nabintech