१ भदौ दाङ । दाङमा दुई युवती ब्राउन सुगरसहित पक्राउ परेका छन्। लमही नगरपालिका–४ अर्नहवाकी २४ वर्षीया श्रृजना कुँवर र २० वर्षीया कौशिला कुमाल प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका हुन्।गोप्य सूचनाका आधारमा वडा कार्यालय लमहीबाट पुगेको प्रहरीले कुँवरको घर कोठा खानतलासी गर्ने क्रममा शुक्रबार बेलुकी १३० मिली ग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी...
१ भदौ जाजरकोट । अविरल वर्षाका कारण पहिरो जाँदा छिन्चु जाजरकोट खण्ड अवरुद्ध भएको छ। गएराति परेको पानीले छेडागाड नगरपालिका र भेरी नगरपालिकाका अन्तर्गत ठाउँठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । राजमार्ग अन्तर्गतको भेरी नगरपालिका १३ कुदुदेखि खलङ्गा नजिक खहरे खोला भीर र छेडागाड नगरपालिका १२ कालापहाड नजिक पहिरो खसेको छ।...
१ भदौ दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दाङका दंगीशरण गाउँपालिका ५ मा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु स्थानीय २५ वर्षीय सम्राट गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।शुक्रबार राति करिब १० बजेतिर तुलसीपुरबाट पश्चिम जाँदै गरेको लु.प्र.०२.००१ प ०९४६ नम्बरको मोटरसाइकल रोकिएको रा १ त १४२२ नम्बरको ट्र्याक्टरमा ठोक्किँदा चालक गिरी...
३२ साउन सुर्खेत । भेरी करिडोरको जाजरकोट भेरी नगरपालिका–४ बोहरामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । पहिरोले विद्युत्का पोल बगाउँदा विद्युत् सेवा पनि बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनु भयो । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार रुकुमपश्चिमको मुसिकोट नगरपालिका–११ र १२ को...
३१ साउन जाजरकोट । जाजरकोटमा भीरबाट लडेर १४ वर्षिय बालिकाको मृत्यु भएको छ । जाजरकोटको छेडागाड नगरपालिका–१ जाल्माकी १४ वर्षीया मनिषा विकको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार घर नजिकैको जंगलमा घाँस काट्न जाँदा भीरबाट लडेर घाइते भएकी विकको उपचारको क्रममा विहिवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
३१ साउन बाँके । बाँकेमा ९४ जनामा डेंगु भएको पाइएको छ । भारतीय सीमासँग जोडिएको बाँके जिल्लामा डेंगुको जोखिम बढ्दै गएको हो । गत आर्थिक वर्षमा जिल्लामा ९४ जना बिरामीमा डेंगु पुष्टि भएपछि यो जिल्ला डेंगुको जोखिममा रहेको पाइएको हो । आर्थिक बर्ष २०८०–८१ मा अस्पताल बाहेक बाँकेका स्वास्थ्य संस्थामा मात्र ९४ जनामा डेंगु पुष्टि भएको तथ्याङ्क सार्वजनिक गर्दै स्वास्थ्य...
३१ साउन काठमान्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको हो । निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर २.९६ रुपैयाँले घटेर आएको छ ।मूल्य घटेसँगै...
३० साउन रुकुम पश्चिम । रुकुम पश्चिमका तीन ठाउँमा झोलुङ्गे पुल बनाउन करिब चार करोड ६४ लाखमा ठेक्का लाग्यो। ती तीन वटै पुल बनिसकेका छैनन्। तर ठेकेदारले सबै भुक्तानी पाइसकेको विभिन्न दस्तावेजले देखाएका छन्। अधिकारीहरूका अनुसार रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर १ कुसुम खोला, वडा नम्बर २ को भल खोला र चौरजहारी नगरपालिका वडा नम्बर १४ को साक्चा खोलामा झोलुङ्गे...
३० साउन दाङ । दाङमा सर्पको टोकाईबाट ५ वर्षिय बालिकाको मृत्यु भएका छ भने आमाको अवस्था गम्भिर रहेको छ । प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका–६ गुरुवागाउँ निवासी सन्तोष चौधरीकी ५ वर्षीया छोरी इन्दु चौधरीको मृत्यु भएको छ भने उनकी आमा २५ वर्षिया आस्मा चौधरीको अवस्था गम्भिर रहेको छ । प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी राम प्रसाद तिमल्सिनाले दिएको...
जाजरकोट । जाजरकोटमा सामुदायिक अगुवाहरुको २ दिने समिक्षा तथा पुनर्ताजगीय कार्यक्रम सम्पन्न भएको छ । आइ पास नेपाल र पास नेपालको साझेदारीमा संचालित नेपालमा दिगो यौंन तथा प्रजनन् स्वास्थ्य र अधिकार सबलीकरण तथा उत्थानशिल स्वास्थ्य सेवा प्रणाली परियोजना अन्तर्गत सामुदायिक अगुवाहरुको लागि जाजरकोटको खलंगामा २ दिने समिक्षा तथा पुनर्ताजगीय कार्यक्रम सम्पन्न भएको...