१३ बैशाख २०८२, शनिबार
१३ बैशाख २०८२, शनिबार
यी हुन कालोसूचिमा परेका तीन वटा अनलाइन
यी हुन कालोसूचिमा परेका तीन वटा अनलाइन
  • न्युज डेस्क

२२ असोज जाजरकोट । प्रेस काउन्सिल नेपालले आचारसंहिताबमोजिम दिइएको निर्देशन अवज्ञा गर्ने ३ वटा अनलाइन सञ्चार माध्यमलाई कालोसूचीमा राखी कार्वाहि अगाडि बढाएको छ । साथै ४३ वटा युट्युब च्यानललाई कारबाहीको सिफारिस समेत गरिएको छ।

प्रेस काउन्सिल नेपालले पत्रकारिताका मूल्य र मान्यताविपरीत अवज्ञाकारी अनलाइन सञ्चार माध्यम अन्नपूर्ण टिभि , एबीसी क्राइम न्युज र सेतोखरीलाई कालोसूचीमा राखेको हो ।२०८१ साउन महिनायता हिंसा, अफवाहपूर्ण, अतिरञ्जित सहितको शीर्षक दिइ जनमानसमा भ्रम फैलाउने, त्रसित पार्ने, अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रेस काउन्सिल नेपालले जनाएको छ ।

  • २२ आश्विन २०८१, मंगलवार प्रकाशित
  • Nabintech