८ पुष २०८१, सोमबार
८ पुष २०८१, सोमबार
कोहलपुरमा मान्छेको टाउको काटने परियार पक्राउ
कोहलपुरमा मान्छेको टाउको काटने परियार पक्राउ
  • न्युज डेस्क

२९ असोज बाँके । घाटी काटेर फरार भएका एक व्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
दशैको टिन अर्थात असोज २६ गते राती बाँकेको कोहलपुर नगरपालिका ८ बङ्गला चोक स्थित भित्री सडक देखी भित्र पट्टि कच्चि बाटोमा चन्द्रबहादुर कामीको हत्या भएको थियो । टाउको नभएको अवस्थामा ४० वर्षीय चन्द्रबहादुर कामीको शव फेला परेको थियो । उनको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय बाँकेले रोल्पा घर भएका २४ वर्षीय अनिल परियारलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार अनिललाई प्रहरीले बाँकेको राप्तीसोनारी गाउँपालिका १ तीनघारी टोलस्थित भौवा नाका क्षेत्रबाट मंगलबार बिहान पक्राउ गरेको हो। उनि त्यहा बाट जंगलको बाटो हुदै भारत तर्फ जाने तयारीमा रहेको बताइएको छ । स्थानियको घरमा शौचालयमा लुकेर वसेका अनिललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

असोज २७ गते बिहान झन्डै १ बजेतिर कोहलपुर ८ बंगलाचोकस्थित कच्ची सडकमा चन्द्रबहादुरको शरीर फेला परेको थियो। तर उनको टाउको भने फेला परेको थिएन।शव फेला परेपछि अनुसन्धानकै क्रममा सोमबार चन्द्रबहादुरको टाउको फेला परेको थियो।घटनास्थलबाट झन्डै ५ सय मिटर पर कोहलपुर  ८ पिपिरीस्थित आरोपी अनिलकै बहिनीको घरको सेप्टिक ट्यांकीमा टाउको फेला परेको थियो। उक्त ट्यांकीबाट घटनामा प्रयोग भएको हतियारसमेत फेला परेको थियो।मृतक र आरोपीबीच के कारणले विवाद भएको भन्ने खुलिसकेको छैन। उनीहरूबीच पुरानो चिनजान समेत नभएको खुलेको छ।पक्राउ परेका आरोपी अनिल वैशाखमा मात्रै जेलबाट रिहा भएका थिए। इलाका प्रहरी कार्यालय कोहलपुरबाट उनीमाथि बलात्कार मुद्दा चलेको थियो। दोषी ठहर भई वैशाखमा मात्रै जेलबाट उनी रिहा भएका हुन्।

  • २९ आश्विन २०८१, मंगलवार प्रकाशित
  • Nabintech