
साउन २ जाजरकोट । जाजरकोटमा प्रहरीले तिन जनालाई पक्राउ गरेको जनाएको छ । जाजरकोट प्रहरीका अनुसार विभिन्न घटनामा संलग्न तिन जनालाई पक्राउ गरिएको हो ।जाजरकोट जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुधिरराज खड्काका अनुसार असार ३० गते मध्य रातिमा २६ वर्षीया श्रीमती रूपाकुमारी विक, २७ वर्षीया भाउजू सुनिता विक र ३ वर्षीय भतिजा आयुष विकमाथि बञ्चरो प्रहार गरी घाइते बनाएका नलगाड नगरपालिका – ८ का २७ वर्षीय राजकुमार विक ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा पक्राउ परेका हुन्।
सामान्य घरायसी विवादका क्रममा बञ्चरो प्रहारपछि फरार रहेका विक भेरी नगरपालिका – ४ बाट पक्राउ परेका थिए।त्यस्तै आत्महत्या दुरूत्साहन मुद्दामा छेडगाड नगरपालिका–८ का चित्र गिरी पक्राउ परेका छन्।उनकी २१ वर्षीया श्रीमती कल्पना शाहीले श्रीमानको यातना सहन नसकी असार ३० गते घरमै झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला अदालतले घटना अनुसन्धान गर्न गिरीलाई ७ दिन थुनामा राख्न अनुमति दिएको छ।त्यस्तै बलात्कार मुद्दाका एक जना फरार प्रतिवादी जाजरकोट प्रहरीले पक्राउ गरेको छ।