
६ साउन काठमाडौं । नेपाली पुरुष कबड्डी टोलीलेले जापानमा हुने २०औँ एसियाली खेलकुदको तयारी भारतमा गर्ने भएको छ ।टोलीलाई राष्ट्रिय खेलकुद परिषद् राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ र कबड्डी संघकी अध्यक्ष तुलसी थापाले बुधबार बिदाइ गरे ।
प्रशिक्षणका लागि टोली बिहीबार भारतको हरियाणा जाँदै छ । नेपालले सन्दीप नरवाल एकेडेमीमा १ महिना प्रशिक्षण गर्नेछ । त्यसपछि टोली प्रशिक्षणकै लागि थाइल्यान्ड जाने सम्भावना रहेको अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जानकारी दिए ।