
६ साउन सुर्खेत । सुर्खेतमा भएको फोर्स गाडी दुर्घटनामा परी १९ जना घाइते भएका छन भने तिनजनाको अवस्था गम्भिर रहेको छ । सुर्खेत प्रहरीका अनुसार गुर्भाकोट नगरपालिका–१३ सेराघारीमा बुधबार फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सिम्ताबाट गुमीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०४९० नम्बरको फोर्स गाडी बिहान अनियन्त्रित भई सडकमै पल्टिएको हो। दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी गुमीबाट प्रहरी सहायक निरीक्षक श्याम थापाको कमान्डमा ट्राफिकसहित सात जनाको टोली घटनास्थल पुगेको थियो। टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पठाएको प्रहरीले जनाएको छ।गाडी गुर्भाकोट–१३ का ४३ वर्षीय गगन थापाले चलाइरहेका थिए। दुर्घटनामा घाइते भएका सिम्ता गाउँपालिका–९ का ४० वर्षीय गणेश वली, गुर्भाकोट–१३ का ५ वर्षीय रियाज शाही र तनहुँ घर बताउने ३९ वर्षीया भावना राईको अवस्था गम्भीर रहेको छ।प्रहरीका अनुसार घाइतेहरूको मेहेलकुना अस्पताल, कर्णाली केयर अस्पताल, माया अस्पताल तथा प्रदेश अस्पताल सुर्खेत कालागाउँमा उपचार भइरहेको छ।