६ कार्तिक २०८१, मंगलवार
६ कार्तिक २०८१, मंगलवार
माल्दिभ्स माथि नेपालको गोलको बर्षा
माल्दिभ्स माथि नेपालको गोलको बर्षा
  • न्युज डेस्क

५ कात्तिक काठमान्डौ । साफ महिला च्याम्पियनसिप २०२४ मा नेपालले सानदार जित निकालेको छ।

सोमबार दशरथ रंशगालामा भएको खेलमा नेपालले माल्दिभ्समाथि गोलको वर्षा गर्ने क्रममा ११ गोलको जित निकाल्यो।नेपालको जितमा रेखा पौडेलले पाँच गोल गरिन्। उनले खेलको ३१, ४१, ४७, ६३ र ७८ मिनेटमा गोल गरिन्।प्रिति राईले पनि ह्याट्रिक पूरा गरिन्। उनले खेलको पाँचौं, ६५ र ६७ मिनेटमा गोल गर्न सफल भइन्। यस्तै सविता राना मगरले २८ मिनेट, अनिता केसीले ६८ मिनेट र अमिषा कार्कीले ८८ मिनेटमा गोल गरे।एकपक्षीय खेलमा नेपालले पहिलो हाफमा चार गोल गर्दा दोस्रो हाफमा सात गोल गरेको थियो।

  • ५ कार्तिक २०८१, सोमबार प्रकाशित
  • Nabintech