सुर्खेत । कर्णालीमा सत्ता गठबन्धनबीच तालमेलमा समस्या देखिएका जिल्लाहरुमा मंगलबार साँझसम्म सहमति गरेर प्रदेश कमिटीमा निर्णय पठाउन समय दिइएको छ। सोमबार वीरेन्द्रनगरमा बसेको पाँच दलीय गठबन्धन संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो । कर्णालीका डोल्पा, मुगु र सल्यान जिल्लामा गठबन्धन भत्किसकेको छ भने अन्य जिल्लाहरुमा पालिकाको भागबण्डामा सहमति जुट्न सकिरहेको...
काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा एसईई आउँदो शुक्रवारदेखि सुरु हुँदैछ । आउँदो शुक्रवारदेखि सुरु हुने एसईई २० गतेसम्म चल्नेछ । यसपालि राष्ट्रिय परीक्षा बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा एसईई सञ्चालन हुनेछ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । त्यस्तै, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको...
जाजरकाेट । कर्णाली प्रदेशमा आसन्न स्थानीय तहको चुनावमा भाग लिने दलको संख्या समेत कम छ । अन्य प्रदेशको तुलनामा चुनावमा भाग लिने दलको संख्या कर्णालीमा कम देखिएको हो । कर्णालीकै हिमाली जिल्ला डोल्पामा ११ र प्रदेश राजधानी रहेको सुर्खेतमा सुर्खेतमा २५ राजनीतिक दलले स्थानीय तहको चुनावमा भाग लिन लागेका छन् । रुकुमपश्चिम १२ र सल्यानमा १२, मुगुमा १५, जुम्लामा १४, हुम्लामा...
जाजरकाेट । २०७४ को स्थानीय तहमा नेकपा एमालेले जाजरकोटका ७ स्थानीय तहमध्ये ३ वटामा विजयी भयो । भेरी, छेडागाड र शिवालयमा झिनो मतान्तरले विजयी भएको एमालेलाई आउँदो स्थानीय तहको चुनावमा सत्ता गठबन्धनबीच जित दोहोर्याउन कठिन देखिन्छ । किनकी, त्यतिबेला एमाले एक थियो भने अहिले विभाजनको पीडामा छ । जितेका ठाँउको मात्र होइन, एमालेले जित्ने आँकलन गरिएका बारेकोट र कुशेमा त...
काठमाडौं । सत्तारुढ पाँच दलले स्थानीय तह निर्वाचनमा ठाउँ र अवस्थाअनुसार तालमेल गर्न पार्टीका नेता कार्यकर्तालाई आहृवान गरेका छन् । तालमेलको मोडालिटीबारे टुंगो लगाउन नसकिसकेका बेला सोमबार बसेको शीर्ष नेताहरुको बैठकले तालमेल गरेर अघि बढ्ने घोषणा गरेका छन् । उनीहरूले भनेका छन्, ‘देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनानवमा आपसी सहकार्य र परस्पर सहयोगी...
जाजरकाेट । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका...
काठमाडौं । नेपाल बार एसोसिएसनमा सत्तारुढ गठबन्धननिकट कानून व्यवसायीहरूको संयुक्त प्यानल विजयी भएको छ । अध्यक्षमा गोपालकृष्ण घिमिरेसहित सबै पदमा सत्तारुढ गठबन्धननिकट उम्मेदवारहरू विजयी भएका हुन् । कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्षसमेत रहेका घिमिरेले नेकपा एमालेनिकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका उम्मेदवार विष्णुमणि...
जाजरकोट । नेपालमा जातिय विभेद अन्त्यको नारा उठेको वर्षाै बितिसकेको छ तर जाजरकोटमा भने यो नाराले छुन सकेको छैन । अझै पनि यहाँ कथित तल्लो जात र माथिलो जातका नाममा भेदभाव कायमै छ । अन्तरजातिय विवाह गरेकै कारण समाजबाट बहिष्कृत हुनु पर्ने अवस्था छ । यस्तै तिरस्कार परेका छन जुनिचादे गाउँपालिका पाँच गर्खाकोटका गणेश कुमार चदाराले उनले सोहि ठाँउकी ज्योति शाहसगँ २०६७ सालमा...
काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीबाट विद्रोह गरी बनेको संयुक्त समाजवादी मोर्चा नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ । नेकपा(क्रान्तिकारी माओवादी) परित्याग गरी सो पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्ष तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य सेवन्तराज भण्डारीको नेतृत्वमा गठन भएको संयुक्त समाजवादी मोर्चा...
नलगाड । जिल्लाको नलगाड नगरपालिकाले जनप्रतिनिधीहरुको पाँच बर्षिय कार्यकालमा सम्पन्न भएका महत्वपूर्ण कार्यहरु सार्वजनिक गरेको छ । मंगलबार नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरी जनप्रतिनिधीहरुको पाँच बर्षिय कार्यकालमा भएका महत्वपूर्ण कार्यहरु सार्वजनिक गरेको हो । संघीयतापछि २०७४ साल वैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । सोही बमोजिम नलगाड...