९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार
भिम रावल नजिकका पूर्वमन्त्री सहित २ जनालाई निष्कासन गर्न एमाले कैलालीको सिफारिस
भिम रावल नजिकका पूर्वमन्त्री सहित २ जनालाई निष्कासन गर्न एमाले कैलालीको सिफारिस
  • न्युज डेस्क

६ माघ, कैलाली । नेकपा एमाले कैलालीले जनालाई पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ ।पार्टीको जिल्ला सचिवालय बैठकले पूर्वमन्त्री कृष्णराज सुवेदी र जिल्ला कमिटी सदस्य भिष्मराज सुवेदीलाई पार्टीको संगठित सदस्य समेत नहरनेगरी निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

एमाले कैलालीका उपसचिव तथा प्रचार विभाग प्रमुख चुडामणि भट्टले जिल्ला कमिटीका सदस्य समेत रहेका भिष्मराज सुवेदीलाई जिम्मेवारी मुुक्त गर्दै संगठित सदस्यबाट हटाउन केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।भट्टले पूर्वमन्त्री सुवेदी पनि एमालेबाट निष्कासन गरिएका भीम रावलको गतिविधिमा संलग्न भएको पाइएपछि कारबाही गर्न सिफारिस गरिएको उल्लेख गर्नु भयो ।

  • ६ माघ २०८१, आईतवार प्रकाशित
  • Nabintech