२८ बैशाख २०८२, आईतवार
२८ बैशाख २०८२, आईतवार
विपद्का घटनामा परी नौं महिना भित्र ६७९ जनाको मृत्यु हुँदा ६६ बेपत्ता
विपद्का घटनामा परी नौं महिना भित्र ६७९ जनाको मृत्यु हुँदा ६६ बेपत्ता
  • न्युज डेस्क

४ माघ काठमान्डौ । ९ महिनामा विपद्का घटनाबाट परी ६७९ जनाको मृत्यु भएको छ भने ६६ बेपत्ता भएका छन । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार बितेको नौ महिनामा ६ हजार ४२४ वटा विपद्का घटना रेकर्ड भएका थिए ।जसमा ६७९ जनाको ज्यान गएको थियो भने अझै ६६ जना वेपत्ता रहेका छन साथै सो अवधिमा ४९ अर्बको क्षति समेत भएको छ । २०८१ वैशाख १ गतेदेखि पुस मसान्तसम्मको नौ महिनाको अवधिमा विपद्का घटनामा परी उनीहरूको ज्यान गएको हो ।

बाढी, पहिरो, भारी वर्षा, आगलागी, चट्याङ, हिमपहिरो, जनावरको आक्रमण लगायतका घटनामा परी उक्त अवधिमा ६७९ जनाको मृत्यु, ६६ जना बेपत्ता र एक हजार ३२३ जना घाइते भएको केन्द्रको तथ्यांकले देखाउँछ ।

  • ४ माघ २०८१, शुक्रबार प्रकाशित
  • Nabintech