२५ जेठ बाँके । बाँकेमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ । जिल्लाको राप्तिसोनारीगाउँपालिका ३ सिट्टा बाँधस्थित बैजापुरतर्फ जाने नहरमा पौडी खेल्ने क्रममा डुबेर नेपालगंज उपमहानगरपालिका ७ रानी तलाउ बस्ने १९ वर्षीय अकमल दर्जीको मृत्यु भएको छ ।
जाजरकोट । जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटका अनुसार २०८१ साउन देखि २०८२ बैशाख मसान्तसम्मको अवधिमा २ हजार ४ सय ९ सवारी साधन ट्राफिक नियम उल्लंघनको आरोपमा कारबाहीमा परेका छन्। ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनबाट राज्यले २४ लाख ९१ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले जनाएको छ। उक्त अवधिमा जिल्लामा सवारी दुर्घटनाको दर पनि उल्लेख्य देखिएको...
२४ जेठ काठमाडौं । अमेरिकामा एउटा घरमा चारजना नेपाली मृत फेला परेका छन् । भर्जिनियाको मानसास पार्कमा रहेको एक घरमा बिहीबार चारजना मृत फेला परेका हुन् ।मृत फेला पर्नेमा दुई बालबालिका र दुई वयस्क छन् । मृत्यु हुने दुई वर्षीय बालक, आठ वर्षीया बालिका छन् । उनीहरूको नाम सार्वजनिक गरिएको छैन ।बाँकी दुईजनामा ३८ वर्षीय सन्तोष परियार र ३६ वर्षीया अञ्जु श्रेष्ठ रहेका समाचारमा...
जाजरकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ स्थित ठुलो भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरीको मृत्यु भएको छ भने दुई बालबालिका बेपत्ता भएका छन् । जाजरकोट जिल्लाको नलगाड नगरपालिका ८ बस्ने टेकबहादुर नेपालीकी १६ वर्षीया छोरी भगवती नेपालीसहित तीन जना बालबालिका आज दिउँसो करिब २: १५ बजेतिर भेरी नदीमा पौडी खेल्ने क्रममा बगेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ...
२३ जेठ बाँके । ९ वर्षिय कुशल बुढाको हत्याको आरोपमा संलग्न अभियुक्तहरूमध्ये ८ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।बाँकेको कोहलपुर नगरपालिका–११ मा भाडामा बस्ने ९ वर्षीय कुशल बुढाको अपहरणपछि निर्मम हत्या गरिएको प्रहरीले जनाएको छ ।पुर्पक्षका लागि कारागार चलान गरिएकाहरूका कुशलकी आमा कोहलपुर नगरपालिका – ११ कुषी चोकमा कोठा भाडामा बस्ने ३१ बर्षीया यशोदा बुढा,...
२२ जेठ बाँके । बाँकेमा भएको सवारी दुर्घटनामा घाइते भएका एकको मृत्यु भएको छ ।इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार बुधबार बेलुकी भे ११ प ९७५१ नम्बरको स्कुटरमा श्रीमती गीतादेवी अधिकारीसँगै यात्रा गरिरहेका चिरञ्जीवी अधिकारीको मृत्यु भएको हो।अधिकारीलाई भे १३ प ३२७७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।कोहलपुर नगरपालिका–२ पुष्पनगरका ५७ वर्षीय चिरञ्जीवी अधिकारीको...
जाजरकोट । चालु आर्थिक वर्षमा बजेट अभाव र स्थानीय तहहरूको चासोको कमीका कारण जाजरकोट जिल्ला कर्लाणी प्रदेश स्तरीय १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी नहुने भएको छ। जिल्ला खेलकुद विकास समिति जाजरकोटले सार्वजनिक सूचना जारी गर्दै कर्णाली प्रदेशस्तरीय सो प्रतियोगिता जेठ २२ गतेदेखि सुरु हुने भए पनि जिल्लाबाट सहभागिता हुन नसक्ने स्पष्ट पारेको हो। कार्यालयका...
१६ जेठ काठमाडौं । मध्य नाइजेरियामा भारी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ११० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।आपतकालीन व्यवस्थापन एजेन्सीका अनुसार मोक्वा सहरको टिफिन माजा र अंगुवान हौसावा जिल्लामा बाढीबाट सबैभन्दा बढी क्षति भएको छ। उद्धार कार्य अझै जारी रहेको अधिकारीहरूले बताएका छन् । नाइजेरियाले २०२२ मा पनि ठूलो बाढीको सामना गर्नुपरेको थियो, जसले...
१२ जेठ जाजरकोट । जाजरकोट केन्द्र भएर सोमबार दिउँसो भूकम्प गएको छ ।जाजरकोटको रामीडाँडा आसपास केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।सोमबार दिउँसो २ बजेर २५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।
जाजरकोट । अविरल बर्षासंगै माथिबाट आएको पहिरोमा पुरिएर छेडागाड नगरपालिका–१ खारा र ४ जेवातरामा ४ वटा घर, ५ वटा अस्थायी आबास र २ वटा मोटर साइकल पूर्णरुपमा क्षेतिग्रष्त भएका छन् । शुक्रबार मध्यराति (०२ः०० वजे) को अबिरल बर्षासंगै माथिबाट आएको पहिरोमा पुरिएर ४ वटा घर, ५ वटा अस्थायी आबास र २ वटा मोटर साइकाल पूर्णरुपमा क्षेतिग्रष्त भएका हुन् । १४ वटा घर र एक वटा अस्थायी आबास...