
३ पुस काठमाडौं । नेकपा एमालेको चुनावी मत परिणाम सकिएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश अध्यक्ष केपी ओली पक्षका उम्मेदवार विजयी हुनु भएको हो ।एमाले अध्यक्षमा केपी शर्मा ओली भारी अन्तरालले जित निकाल्नु भयो । उहाका प्रतिस्पर्धी ईश्वर पोखरेललाई अपेक्षित मत आएन । महासचिवमा कडा प्रतिस्पर्धा भए पनि संस्थापन पक्षका शंकर पोखरेलले दुई सयभन्दा बढी मतले विजयी हुनु भएको छ ।
संस्थापन इतर वा ईश्वर पोखरेलको प्यानलबाट उपाध्यक्षमा गोकर्ण बिष्ट र उपमहासचिवमा योगेश भट्टराईले जित निकाल्नु भएको छ । १९ सदस्यिय पदाधिकारीमा १७ जना संस्थापन पक्षका छन् ।