३ माघ २०८२, शुक्रबार
३ माघ २०८२, शुक्रबार
जाजरकोटकी सुमी ‘द स्पिकिङ टाइटन’को उत्कृष्ट–१० मा
जाजरकोटकी सुमी ‘द स्पिकिङ टाइटन’को उत्कृष्ट–१० मा
  • paschimpatra

जाजरकोट । जाजरकोटकी सुमी राष्ट्रिय स्तरको चर्चित भाषणकला सम्बन्धीको रियालिटी शो ‘द स्पिकिङ टाइटन’ को उत्कृष्ट–१० मा चयन भएकी छिन् ।

भेरी नगरपालिका वडा नं ४ की  सुमी खड्का ३ हजार भन्दा बढी प्रतिस्पर्धीहरुलाई उछिन्दै उत्कृष्ठ १० मा पुग्न सफल भएकी छिन् ।
दामी मिडियाको प्रस्तुती रहेको ‘द स्पिकिङ टाइटन’ रियालिटी शोको प्रशारण OSR Reality युट्युब च्यानल तथा AP1 HD टेलिभिजनमार्फत हरेक सोमबार र मंगलबार राति ९ बजे प्रसारण हुँदै आएको छ ।

कार्यक्रममा प्रमुख निर्णायक चर्चित सञ्चारकर्मी दिल भुषण पाठक,पूर्व मिस नेपाल माल्भिका सुब्बा,ECAN का अध्यक्ष शेषराज भट्ट रहेका छन् भने कार्यक्रमको होस्ट Motivation Speaker सौनक भट्ट रहेका छन्।

खड्काले प्रतियोगितामा डिजिटल अडिसन, फिजिकल अडिसन, सर्भाइभल स्टेज, कठिन परीक्षा लगायतका विभिन्न चरणहरू सफलतापूर्वक पार गर्दै यहाँसम्मको यात्रा तय गरेकी हुन्। डिजिटल अडिसन चरणमा ३,००० भन्दा बढी प्रतिस्पर्धीहरू सहभागी थिए, जसबाट छनोट हुँदै उनी फिजिकल अडिसनमा पुगेकी थिइन्। त्यसपछि क्रमशः टप–५०, टप–३०, टप–२०, टप–१५ हुँदै हाल टप–१० मा स्थान बनाउन सफल भएकी छन् ।

विशेष उल्लेखनीय कुरा के छ भने, खड्का कर्णाली प्रदेशबाट यस रियालिटी शोमा टप–१० सम्म पुग्ने एक्ली प्रतियोगी हुन्। राष्ट्रिय स्तरको प्रतिस्पर्धामा कर्णालीको प्रतिनिधित्व गर्दै अगाडि बढिरहेकी उनको यात्रालाई महत्वका साथ हेरिएको छ ।

आफूलाई उत्कृष्ट ५ मा पुर्‍याउन उनले सबैलाई अनुरोध गरेकी छन् । उनलाई उत्कृष्ट ५ सम्म पुर्‍याउन Aventoz App, esewa, khalti, वा direct QR मार्फत भोट गर्न सकिनेछ ।

भोटिङ सोमबार बेलुका ९ बजेदेखि बिहीबार दिउँसो २ बजे सम्म गर्न सकिने सुमीले बताइन् ।

  • ५ पुष २०८२, शनिबार प्रकाशित
  • Nabintech