३ माघ २०८२, शुक्रबार
३ माघ २०८२, शुक्रबार
कर्णाली प्रदेश अस्पतालमा २५ लाख रुपैयाँ भन्दा बढि हिनामिना
कर्णाली प्रदेश अस्पतालमा २५ लाख रुपैयाँ भन्दा बढि हिनामिना
  • न्युज डेस्क

७ पुस सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा लाखौं रुपैया हिनामिना भएको पाइएको छ । बिरामीबाट संकलन भएको रकम बैंकमा समयमै दाखिला नहुँदा साढे २५ लाख रुपैयाँभन्दा बढी हिनामिना भएको विशेष अदालतले ठहर गरेको छ।अदालतका अनुसार अस्पतालभित्र सेवा शुल्क उठाउने र बैंकमा जम्मा गर्ने प्रक्रियामा देखिएको लापरवाही र मिलेमतोका कारण ठूलो रकम अस्पतालको खातामा नभएको ठहर गरेको छ ।विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले सुर्खेतको वीरेन्द्रनगरस्थित तत्कालीन क्षेत्रीय अस्पतालमा दुई शीर्षकअन्तर्गत २५ लाखभन्दा बढी रकम हिनामिना भएको ठहर गरेको हो।

अदालतको आदेशमा बैंकको एक्स्टेन्सन काउन्टर इन्चार्ज गोमा सिंजाली मगरले तृप्ती शाहीलाई बैंक काउन्टरमा अनाधिकृत प्रवेश दिई सफ्टवेयरबाट जारी बिलका आधारमा उठाएको रकम अस्पतालको खातामा जम्मा नभएको उल्लेख छ।त्यस्तै, अस्पतालका लेखा अधिकृत शंकरप्रसाद सुवेदीले विभिन्न काउन्टरबाट डल्फिन सफ्टवेयरमार्फत संकलन भएको रकम बैंक दाखिला गराई अस्पतालको खाता दुरुस्त राख्नुपर्ने जिम्मेवारी पूरा नगरेको अदालतको ठहर छ।

  • ७ पुष २०८२, सोमबार प्रकाशित
  • Nabintech