
३ पुस काठमान्डौं । बलिउड अभिनेता सनी देओल अभिनीत प्रतीक्षित फिल्म ‘बोर्डर २’ को टिजर सार्वजनिक गरिएको छ।टिजरले युद्धको रोमाञ्चक दृश्य र देशभक्तिपूर्ण संवादको झलक देखाएको छ। सनी देओलको दमदार संवादले युद्धको माहोल र भारतीय सैनिकको साहसलाई प्रकट गर्छ। वरुण धवन, दिलजीत दोसांझ र अहान शेट्टी पनि युद्धमैदानमा देखिएका छन्, जसले फिल्मलाई थप उत्साहपूर्ण बनाएको छ।फिल्ममा सनी देओल, वरुण धवन, दिलजीत दोसांझ, अहान शेट्टीसँगै मेधा राणा, मोना सिंह र सोनम बाजवा पनि मुख्य भूमिकामा छन्।
अनुराग सिंहले निर्देशन गरेको यो फिल्म भूषण कुमार, जे।पी। दत्ता र निधि दत्ताको निर्माण रहेको छ।‘बोर्डर २’ २३ जनवरी २०२६ मा प्रदर्शनमा आउनेछ र यसले दर्शकहरूलाई युद्धको रोमाञ्चक दृश्य, देशभक्तिपूर्ण कथा र मनोरञ्जनको पूर्ण मिश्रण दिने लक्ष्य राखेको छ।