
६ पुस रोल्पा । रोल्पामा कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेको प्रहरीले जनाएको छ रोल्पाको रुन्टीगढी गाउँपालिका –५ जस्पुरका ४८ वर्षीय अमराज दमाइ पक्राउ परेका हुन्।अमराजलाई ५२ बर्षीया रिमा परियारमाथि कुटपिट गरि हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापाले जानकारी दिनु भयो ।
मदिराले मातेका श्रीमान अमराजले श्रीमती रिमालाई शनिबार बेलुका ६ बजेतिर कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । उनको होलेरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।