२७ मंसिर २०८२, शुक्रबार
२७ मंसिर २०८२, शुक्रबार
नेपाली कांग्रेस जाजरकोटले आगामी निर्वाचनका लागि आकांक्षी उम्मेदवारको नाम सार्वजनिक
नेपाली कांग्रेस जाजरकोटले आगामी निर्वाचनका लागि आकांक्षी उम्मेदवारको नाम सार्वजनिक
  • paschimpatra

जाजरकोट । नेपाली कांग्रेस केन्द्रिय कार्य समितिले गरेका निर्णयलाई शिरोधार्य गर्दै आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउने संकल्पसहित जिल्ला संगठनले आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ।

जिल्ला पार्टीका अनुसार प्रतिनिधि सभा प्रत्यक्षतर्फ पाँच जनाको नाम सिफारिस गरिएको छ :
खड्ग बहादुर बुढा, मैना कार्की, मुक्ति प्रसाद आचार्य, महेन्द्र बहादुर शाह र रामजंग शाह।

त्यसैगरी प्रतिनिधि सभा समानुपातिकतर्फ रामछाया शाही, हजारी नेपाली बादी, भूमिलाल रोकाया, जनक बादी र बिष्णु गिरी को नाम सिफारिस गरिएको छ।

राष्ट्रिय सभातर्फ भने दीपकजंग शाह, खम्बजंग शाह र गीता शाही  को नाम सिफारिस भएको पार्टी स्रोतले जनाएको छ।

जिल्ला नेतृत्वका अनुसार केन्द्रिय निर्णयअनुसार गरिएको यो सिफारिसले आगामी निर्वाचनमा कांग्रेसलाई थप मजबुत बनाउँदै संगठनलाई जनतामाझ उभ्याउने विश्वास लिइएको छ।

  • २६ मंसिर २०८२, बिहीबार प्रकाशित
  • Nabintech