७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
छ महिनामा वाणिज्य बैंकहरूको नाफा ३३ अर्ब माथि, कसले कति कमाए ?
छ महिनामा वाणिज्य बैंकहरूको नाफा ३३ अर्ब माथि, कसले कति कमाए ?
  • paschimpatra

काठमाण्डाै । २७ वाणिज्य बैंकहरूको नाफारनोक्सानको हिसाब किताब लगभग सकिएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ को दोस्रो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गरेका बैंकहरूले छ महिनामा ३३ अर्ब माथिको नाफा कमाएका छन् । बैंकहरूले जारी गरेका वित्तीय रिपोर्टअनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २६ वाणिज्य बैंकहरूले कुल ३३ अर्ब ४४ करोड ४५ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएका हुन् ।

अघिल्लो वर्षको सोही अबधिमा यी २६ वाणिज्य बैंकहरूले ३० अर्ब ५० करोड ८१ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएका थिए । तुलनात्मक रुपमा यस वर्ष बैंकहरूले सरदर ८।७८ प्रतिशतले नाफा बृद्धि गरेका हुन् । अर्थात् यस अबधिमा बैंकहरूले २ अर्ब ९३ करोड ६४ लाख १२ हजार रुपैयाँले मात्र नाफा वृद्धि गरेको देखिन्छ । जसमा एक हिमालयन बैंकको रिपोर्ट आएको छैन ।

कुन बैंकले कति कमाए ?
समीक्षा अबधिमा कुल २६ वाणिज्य बैंकहरूले झण्डै साढे ३३ अर्ब रुपैयाँ नाफा कमाइरहँदा १६ वटा बैंकहरूको नाफा छ महिनामा नै एक अर्ब माथि रहेको देखिन्छ । जसमा ‘टप थ्री’ बैंकको नाफा त दुई अर्ब माथि रहेको छ । ग्लोबल आईएमई बैंक, एनआईसी एशिया बैंक र नबिल बैंकले मात्र छ महिनाभित्र कुल ७ अर्ब माथिको नाफा कुम्ल्याएका छन् । तर, यता सोही अबधिमा ६ वटा वाणिज्य बैंकहरूको नाफामा भने ब्रेक लागेको छ । अर्थात् यी बैंकहरूको नाफा अघिल्लो वर्षको भन्दा पनि घटेको छ ।

नाफाको शीर्ष स्थानमा ग्लोबल आईएमई बैंक
कुल २७ वटा वाणिज्य बैंकहरूमध्ये सबैभन्दा ठूलो पुँजीका साथ शीर्ष स्थानमा रहेको ग्लोबल आईएमई बैंक नाफाको हिसाबमा समेत शीर्ष स्थानमै रहन सफल भएको छ । बैंकले दुई ठूला हस्ती एनआईसी एशिया बैंक र नबिल बैंकलाई समेत पछि पार्दै चालु आर्थिक वर्षको छ महिनामा साढे २ अर्ब माथिको नाफा आर्जन गर्न सफल भएको छ ।

ग्लोबल आईएमई बैंकले पुस मसान्तसम्ममा कुल २ अर्ब ६६ करोड ३३ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको सोही अबधिमा बैंकले कमाएको नाफा भन्दा १०।८४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष उक्त बैंकले २ अर्ब ४० करोड २८ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै, समीक्षा अबधिमा बैंकले अन्य सूचकहरूमा समेत आकर्षक सुधार गरेको छ ।

यस्तै, दोस्रो र तेस्रो स्थानमा रहन सफल एनआईसी एशिया बैंक र नबिल बैंकले चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा क्रमशः २ अर्ब ४० करोड २० लाख ६६ हजार रुपैयाँ र २ अर्ब १८ करोड १४ लाख २० हजार कमाएका छन् । अघिल्लो वर्ष एनआईसी एशिया बैंकले २ अर्ब ६ करोड ५ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाइरहँदा यता नबिल बैंकले २ अर्ब १ करोड ६० लाख २३ हजार खुद नाफा कमाएको थियो । जुन अघिल्लो वर्षको तुलनामा यस वर्ष बैंकहरूले क्रमशः १६।५७ प्रतिशत र ८।२० प्रतिशतले नाफा वृद्धि गरेका हुन् ।

यस्तै, समीक्षा अबधिमा अन्य १३ वटा बैंकहरूले पनि एक अर्ब माथि नाफा कमाउन सफल रहेका छन् । जसमा राष्ट्रिय वाणिज्य बैंक, एनएमबी बैंक, प्राइम बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, नेपाल बैंक, मेगा बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सानिमा बैंक र माछापुच्छ«े बैंक छन् । यी बैंकहरूले समीक्षा अबधिमा एक अर्बदेखि एक अर्ब ९१ करोड रुपैयाँसम्म नाफा कमाएका छन् ।

६ बैंकको नाफामा गिरावट
२६ वाणिज्य बैंकको छ महिनाको वित्तीय रिपोर्ट हेर्दा ६ वाणिज्य बैंकको नाफामा भने ब्रेक लाग्न पुगेको छ । अर्थात् यी बैंकहरूको नाफा अघिल्लो वर्षको सोही अबधिको भन्दा पनि यस वर्ष घट्न पुगेको छ । यस्तो नाफा घट्ने बैंकहरूमा प्राइम कमर्सियल बैंक, प्रभु बैंक, कुमारी बैंक, सनराइज बैंक, एभरेष्ट बैंक र नेपाल बंगलादेश बैंक रहेका छन् । यी बैंकहरूको न्यूनतम ७।४३ प्रतिशतदेखि अधिकतम् २१।७७ प्रतिशतले सम्म नाफामा संकुचन आएको छ ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष तीब्र नाफा गुमाउनेमा कुमारी बैंक रहेको छ । जुन बैंकले अघिल्लो वर्षमा नै १ अर्ब २१ करोड ६५ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाइसकेकोमा यस वर्ष २१।७७ प्रतिशतले नाफा गुमाउँदै मुस्किलले ९५ करोड १७ लाख ३८ हजार रुपैयाँ मात्र कमाउन सकेको हो ।

यस्तै बढी नाफा कमाउनेको छैटौं स्थानमा परेर पनि प्राइम बैंकले तुलनात्मक रुपमा अघिल्लो वर्षको भन्दा यस वर्ष ७।४३ प्रतिशतले आफ्नो नाफा गुमाएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्म कुल १ अर्ब ८१ करोड ३३ लाख २९ हजार खुद नाफा कमाएको बैंकले यस वर्षको सोही समयमा १ अर्ब ६७ करोड ८५ लाख ८९ हजार रुपैयाँ मात्र खुद नाफा कमाउन सकेको हो ।

  • १२ माघ २०७८, बुधबार प्रकाशित
  • Nabintech