१५ कार्तिक २०८२, शुक्रबार
१५ कार्तिक २०८२, शुक्रबार
फेरि बढ्यो सुनको मूल्य
फेरि बढ्यो सुनको मूल्य
  • न्युज डेस्क

१४ कात्तिक काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो केही दिन घटेको मूल्य शुक्रबार पुनः बढेको हो ।महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँले बढेको छ । बिहीबार तोलाको मूल्य २ लाख ३६ हजार ३ सय रुपैयाँ रहेकोमा शुक्रबार बढेर २ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको महासंघले जनाएको छ । बिहीबार तोलामा २ हजार ९८० रुपैयाँ रहेको चाँदी शुक्रबार तोलामा ३ हजार ६० रुपैयाँमा कारोबार भएको छ ।

  • १५ कार्तिक २०८२, शुक्रबार प्रकाशित
  • Nabintech