२३ भाद्र २०८१, आईतवार
२३ भाद्र २०८१, आईतवार
व्यापारीसँग प्रशासनको छलफल : बजारमा बेथिति बढेको जनस्तरबाट गुनासो, उपभोक्ता ठगिनु हुदैन्, ६ बुद्दे निर्णय
व्यापारीसँग प्रशासनको छलफल : बजारमा बेथिति बढेको जनस्तरबाट गुनासो, उपभोक्ता ठगिनु हुदैन्, ६ बुद्दे निर्णय
  • पश्चिम पत्र

जाजरकोट । जिल्ला प्रशासन कार्यालय जाजरकोटले स्थानीय व्यवसायीहरु सँग छलफल गरेको छ । बजारमा बेतिथि बढेको जनगुनासोका आधारमा व्यापारीहरु सँग सर्वपक्षीय बैठकको आयोजना गरी छलफल गरेको हो । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको अध्यक्षतामा बसेको बैठकले बजारमा बढेको वेथिति रोक्नका लागि ६ बुद्दे लिखित निर्णय गरेको प्रशासनले जनाएको छ ।

बजारमा विक्रिमा राखिएका उपभोग्य सामानहरुको उपभोग्य गुणस्तर नियमित रुपमा सम्बन्धित व्यवसायीले चेकजाँच गर्ने, म्याद नाघेको उपभोग्य सामान तुरुन्तै हटाउने, तोकिएको कानून बमोजिमको मूल्य वाहेक वढी मूल्य लिई कोही कसैले उपभोग्य सामानहरुको विक्रि वितरण नगर्ने नगराउने, भए गरेको भेटिए कानून वमोजिम कारवाही गर्ने, उपभोग्य सामाग्रीहरुको भण्डारण सुरक्षित बनाउने, सडेगलेका सामानहरु हटाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।

उनका अनुसार, मासुजन्य पदार्थको विक्री वितरण व्यवस्थित गर्न, स्वस्थ दाना प्रयोग गर्न गराउन सम्बन्धित व्यवसायीहरुलाई सचेतीकरण गर्ने, सरसफाई, दररेट लगायतका विषयहरु स्वच्छ र पारदर्शी बनाउने, नियमित अनुगमन गर्ने, पशु कार्यालय मार्फत नियमन प्रभावकारी बनाउने निर्णय गरिएको छ । यस्तै,चामल, दाल, तेल लगायत उपभोग्य सामान गुणस्तरीयता कायम गर्न सम्वन्धित व्यवसायी जिम्मेवार रहने,बजार अनुगमन कार्य नियमित गर्ने र बजारको स्वच्छता कायम गर्न सवैले सहयोग गर्ने, अनुचित नाफा, कालोबजारी, जम्माखोरी कार्य पूर्ण रुपमा निषेधित विषय भएकोले सम्वद्द सवैले सचेतता अपनाउने, कोही कसैले गरे भएको पाइएमा कानून बमोजिम कारवाही गर्ने लिखित निर्णय गरिएको प्रजिअ अधिकारीले बताए ।

‘बजारका वेथिति बढेको जनगुनासोका आधारमा सर्वपक्षीय बैठकको आयोजना गरी छलफल गरिएको छ, प्रजिअ अधिकारीले भने, ‘अहिले उद्योग वाणिज्य संघलाई बजारमा देखिएको वेथिति रोक्ने जिम्मा दिने, यदि त्यहाँ बाट समस्या समाधान भएन भने प्रशासनले अनुगमन गर्ने र कानुन विपरीत गरिएका सबै बन्द गर्न लाउनेछौं ।’

प्रजिअ अधिकारीले बजारमा देखिएका समस्याहरु तत्काल समस्याहरु समाधान गर्न उद्योग वाणिज्य संघलाई निर्देशन समेत दिएका छन् । उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष रमेश केसीले आधिकारी सूचना निकालेर व्यापारीहरुलाई सचेत गराउने प्रतिवद्दता व्यक्त गरेका छन् । ‘हामी सूचना निकालेर व्यापारीहरुलाई सचेत गराउँछौं, कानुन विपरीत गरिएका सबै क्रियाकलापहरु बन्द गरी स्वच्छ प्रतिस्पर्धा गर्ने वातावरण निर्माण गछौं, अध्यक्ष केसीले भने, ‘बाहिर बाट भित्रिने वस्तुको निगरानी गर्ने व्यापारीको हितमा काम गर्छौ, यदि कानुन विपरीत गरिएका सबै क्रियाकलाप बन्द गर्न निर्देशन दिनेछौं ।’

एम्नेष्टी इन्टरनेशनल ग्रुप ७७ जाजरकोटका संयोजक खम्बजंग शाहले मासु पसलमा सरसफाईको कमी भई विभिन्न संक्रमण हुन सक्ने अवस्था रहेको बताए । यसमा कुखुराको मासुमा परिक्षण हुन जरुरी रहेको समेत बताए । पत्रकार पवन शर्माले जाजरकोेटमा चोकैपिच्छे मुल्य रहेको भन्दै प्रशासनले रोक्नु पर्ने बताए । ‘सडक अवरुद्ध हुदाँ ग्रामीण क्षेत्रमा खाद्यान्नको मूल्य आकाशीयको छ, उनले भने, ‘सरकारी अनुदानको नुन पनि निजी पसलहरुले विक्री वितरण गरिरहेका छन्, तोकिएको मूल्य भन्दा बढी मुल्यमा दिदा पनि कार्वाही भएको छैन् ।’ कालोबजारी गर्ने, तोकिएको मूल्य भन्दा बढी बेच्ने अझ त सरकारी अनुदानमा पाइने आयोडिनयूक्त नुन जथाभावी वितरण गर्ने कर्मचारीलाई समेत कार्वाही गर्न माग गरे ।

छलफलमा सहभागी नागरिक समाज जाजरकोटका अध्यक्ष राजेन्द्र विक्रम शाहले बजारमा व्यापारीहरुले मनपरी ढंगले विक्री वितरण गरिरहेकोले यसलाई रोक्न जुरुरी रहेको बताए । दर्ता नगरी औषधी पसलहरु दर्ता भएकोले यसलाई रोक्न जरुरी रहेको अध्यक्ष शाहले बताए ।
प्रजिअ अधिकारीले बजारका समस्या समाधान गर्न सबै मिलेपछि मात्रै सम्भव हुने बताए ।

उपभोक्तालाई मारमा पार्ने गरी विक्री वितरण नगर्न व्यापारीहरुलाई आग्रह गरे । बजारमा वेथिति रोक्न स्वयंम उपभोक्ता सचेत हुनुपर्ने उनको भनाई छ । कुखुराको मासु परीक्षणका लागि पशु अस्पताल तथा पशु सेवा कार्यालयलाई आग्रह गर्ने निर्णय गरिएको छ । आम उपभोक्ताको भान्छामा पान्ने खानेकुरा स्वस्थ, स्वच्छ हुनेपर्ने भन्दै प्रजिअ अधिकारीले कसैले उपभोक्तालाई हानी पुर्याउने समान बेच्नु कानुनी अपराध गरेको हुने समेत उनको भनाई छ । कानुन विपरीत गरिएका तत्काल कार्वाही गर्ने सर्वपक्षीय निर्णय गरिएको छ ।

  • १२ श्रावण २०८१, शनिबार प्रकाशित
  • Nabintech