१७ कार्तिक २०८२, आईतवार
१७ कार्तिक २०८२, आईतवार
स्विमिङ च्याम्पियन सगरमाथा स्विमिङ क्लब
स्विमिङ च्याम्पियन सगरमाथा स्विमिङ क्लब
  • न्युज डेस्क

१६ कात्तिक बाँके । दोस्रो नेपालगन्ज नेसनल स्विमिङ च्याम्पियनसिप २०२५ को उपाधि ललितपुरको सगरमाथा स्विमिङ क्लबले जितेको छ। शनिबार बेलुकी अबेर सकिएको प्रतियोगिताको प्रथम र द्वितीय स्थान सगरमाथाले नै कब्जा गरेको हो ।नेपालगन्ज स्विमिङ क्लब बाँकेले आयोजना गरेको प्रतियोगितामा सगरमाथा क्लबले २७२ अंक प्राप्त गरी उपाधि जितेको हो।

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, नेपाल पौडी संघका केन्द्रीय अध्यक्ष जगतमान श्रेष्ठ र बाँकेका प्रहरी प्रमुख अंगुर जिसीले बिजेता टिमलाई सामूहिक रुपमा ट्रफी हस्तान्तरण गरेका थिए ।प्रतियोगिताका प्राविधिक प्रमुख विष्णु खड्का क्षेत्रीका अनुसार ५६ वटा पौडी इभेन्टमा १३५ अंक प्राप्त गरी ललितपुरकै जेम्स स्कुल द्वितीय स्थान हासिल गर्न सफल रह्यो।त्यस्तै बाँके कोहलपुरको शिखा एकेडेमी ५२ अंकसहित तृतीय भयो।

  • १७ कार्तिक २०८२, आईतवार प्रकाशित
  • Nabintech