१८ कार्तिक २०८२, सोमबार
१८ कार्तिक २०८२, सोमबार
अनमोल केसीको करिअरकै सबभन्दा सफल सिनेमा जेरी अन टप
अनमोल केसीको करिअरकै सबभन्दा सफल सिनेमा जेरी अन टप
  • न्युज डेस्क

१७ कात्तिक काठमाडौं । चलचित्र ‘जेरी अन टप’ले नेपाली बक्सअफिसमा दश करोड रुपैयाँको आँकडा पार गरेको छ । १० करोड ५१ लाख ४८ हजार ८०३ रुपैयाँ नेपाली बक्सअफिसबाट कलेक्सन गरेको छ ।चलचित्र विकास बोर्डका अनुसार यो चलचित्र तीन लाख ३३ हजार ६०५ जनाले हेरेका छन् ।‘वरिष्ठ बलराम’ले दुई करोड ४८ लाख ३० हजार, ‘मैझारोले’ एक करोड ९५ हजार, ‘सोल्टिनी’ले २८ लाख ८० हजार ग्रसकलेक्सन गरेको छ ।

‘माइतीघर’ले चार करोड १५ लाख, ‘हरिबहादुराको जुत्ता’ले चार करोड ७१ लाख र ‘बलिदान’ले पाँच करोड लाख ग्रसकलेक्सन गरेको छ ।यसैबीच, ‘जेरी अन टप’ले दश करोड रुपैयाँ कलेक्सन गर्दा अनमोल केसीको सबैभन्दा धेरै कलेक्सन गर्ने सिनेमा बनेको छ । सुयोग गुरुङले निर्देशन गरेको यो चलचित्रमा अनमोलसँगै जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे र भुवन केसी मुख्य भूमिकामा छन् ।

  • १८ कार्तिक २०८२, सोमबार प्रकाशित
  • Nabintech