१८ कार्तिक २०८२, सोमबार
१८ कार्तिक २०८२, सोमबार
भारतले जित्यो महिला विश्वकपको उपाधि
भारतले जित्यो महिला विश्वकपको उपाधि
  • न्युज डेस्क

India's players celebrate the runout of South Africa's Tazmin Brits during the ICC Women's Cricket World Cup final match between India and South Africa in Navi Mumbai, India, Sunday, Nov. 2, 2025. (AP Photo/Rafiq Maqbool)

१७ कात्तिक काठमान्डौं ।  भारतीय महिला क्रिकेट टोलीले इतिहास रच्दै पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि हात पारेको छ। रोमाञ्चक फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको हो।भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो।

निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा भारतले २९८ रनको चुनौतीपूर्ण योगफल बनायो।जवाफमा दक्षिण अफ्रिकाले राम्रो सुरुवात गरे पनि भारतीय बलरहरूको अनुशासित बलिङ अघि टिक्न सकेन। दक्षिण अफ्रिकाका लागि ओपनर लरा वोल्भार्ड्टले ९८ बलमा १०१ रनको शतक पूरा गरेकी थिइन् । तर उनको प्रयास जितका लागि पर्याप्त भएन। निर्धारित ४५.३ ओभरमा दक्षिण अफ्रिका २४६ रनमै अलआउट भयो।यो उपाधिसँगै भारतले महिला क्रिकेटमा नयाँ इतिहास रचेको छ। यसअघि भारत दुईपटक फाइनल पुगे पनि उपाधिबाट वञ्चित भएको थियो। यस पटकको जितले भारतीय महिला क्रिकेटको दशकौँदेखिको संघर्ष र लगनलाई सफलताको शिखरमा पुर्‍याएको छ।

  • १८ कार्तिक २०८२, सोमबार प्रकाशित
  • Nabintech