१० माघ २०८२, शुक्रबार
१० माघ २०८२, शुक्रबार
नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन
नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन
  • न्युज डेस्क

९ माघ बाँके । नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो ६ महिनामा नौ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।चालु आर्थिक वर्षको साउनदेखि पुससम्म छ महिनामा वार्षिक लक्ष्यको ३८।०८ प्रतिशत राजस्व सङ्कलन भएको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिनु भयो ।उहाका अनुसार, नेपालगञ्ज भन्सारको चालु आर्थिक वर्षमा राजस्व सङ्कलनको वार्षिक लक्ष्य २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार रुपैयाँ रहेकामा हालसम्म कुनै पनि महिनामा निर्धारित मासिक लक्ष्य हासिल गर्न सकेको छैन । लक्ष्य पूरा गर्न बाँकी छ महिनामा करिब ६२ प्रतिशत भन्सार राजस्व असुल गर्नुपर्ने हुन्छ ।

नेपालगञ्ज भन्सारमा चालु आवको साउन महिनामा एक अर्ब ८६ करोड ६५ लाख ४६ हजार रुपैयाँ लक्ष्य रहेकामा ७४ दशमलव १४ प्रतिशत एक अर्ब ३८ करोड ३७ लाख ८४ हजार रुपैयाँ, भदौ महिनामा एक अर्ब ९३ लाख ६४ हजार ५४ रुपैयाँ लक्ष्य रहेकामा ६९ दशमलव ७७ प्रतिशत एक अर्ब ३५ करोड १० लाख नौ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

  • १० माघ २०८२, शुक्रबार प्रकाशित
  • Nabintech