१७ जेठ काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ । हरेक वर्ष मे ३१ मा मनाइने यो दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यावसायिक रणनीति, सुर्ती नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठन डब्ल्युएचओले गरिरहेका प्रयास तथा स्वस्थ जीवनयापन र भावी पुस्ताको...
१६ जेठ काठमाडौँ — सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन गरेको छ ।सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने गरी बजेट विनियोजन गरिएको अर्थमन्त्री स्वर्णिम वाग्लेले जनाए । स्वास्थ्य बिमा कार्यक्रमलाई १५ अर्ब बजेट विनियोजन गरिएको छ । स्वास्थ्य बिमा कार्यक्रम आर्थिक संकटमा कारण निजी र सरकारी अस्पतालमा...
१६ जेठ काठमाडौं । सरकारले शिक्षा क्षेत्रका निम्ति दुई खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । शुक्रबार जेठ १५ संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् ।
५ बैशाख काठमान्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा आइतबार र शनिबार दुई दिन नै बिदा दिने भएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले गत २२ चैतमा राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्थाअनुसार अस्पतालमा पनि लागू गरिएको बताए । यसअघि मन्त्रालयले गत आइतबार पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन...
१९ चैत काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईई आज चैत १९देखि सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १०ले विगतमा झैँ देशभर एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार, देशभरका तोकिएका परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकै समयमा एसइई परीक्षा सुरु हुनेछ ।यही चैत २९ गते सम्पन्न हुने...
१२ चैत बाजुरा । जिल्लामा पाँच वर्षको अवधिका क्षयरोगका कारण १८ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । आज विश्व क्षयरोग दिवसमा स्वास्थ्य कार्यालय बाजुराले आज सो तथ्याङ्क सार्वजनिक गरेको हो ।क्षयरोग उन्मूलन गर्न तथ्याङ्कभन्दा पनि समुदायस्तरमा क्षयरोग चेकजाँच तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा नेपाल पत्रकार महासङ्घ बाजुराका पूर्वअध्यक्ष...
२७ फागुन कास्की । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले प्रतिनिधिसभा सदस्य महावीर पुनलाई सडक र फुटपाथमा किताब नबेच्न आग्रह गरेका छन् । मेयर आचार्यले आज सामाजिक सञ्जालमार्फत महावीर पुनलाई सो आग्रह गरेका हुन् ।दर्ता वा अनुमतिबिना कुनै पनि वस्तुको बिक्रीवितरण गर्नु कानुनी रूपमा जटिल हुने मेयर आचार्यको भनाइ छ ।उनले आवश्यकता परेको खण्डमा स्टक रहेका सबै किताब...
३ फागुन जुम्ला । जुम्लाबाट नेपालगन्जसम्म जान एम्बुलेन्सको भाडा २५ हजार रुपैयाँ तोकिएपछि स्थानीयले विरोध जनाएका छन् । जिल्ला एम्बुलेन्स समितिले आफूखुसी भाडादर निर्धारण गरेको आरोप लगाउँदै स्थानीयले असन्तुष्टि जनाएका हुन् । जिल्ला एम्बुलेन्स समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको अध्यक्षतामा पुस २४ गते बसेको बैठकले जुम्ला जिल्लाभित्र सञ्चालन...
२६ माघ कैलाली । नेपालमा नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेको पाइएको छ ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षणअनुसार सुदूरपश्चिममा प्रति हजार जीवित जन्ममा २६ जना नवजात शिशुको मृत्यु हुने गरेको छ । सबैभन्दा कम नवजात शिशु मृत्युदर बागमती प्रदेशमा रहेको छ, जहाँ प्रति हजार जन्ममा १० जनाको मृत्यु हुने गरेको छ...
१० माघ बाँके । बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ । चालू आर्थिक वर्षको ६ महिनामा थप ८६ जना नयाँ कुष्ठरोगी पहिचान भएका छन् ।साउनदेखि पुस महिनासम्म ५७ जना पुरुष र २९ जना महिला गरी ८६ जना कुष्ठरोगी पहिचान भएको जानकी गाउँपालिका–३ स्थित साइनिङ अस्पताल आइएनएफ बाँकेले जनाएको छ ।साइनिङ अस्पताल आइएनएफ बाँकेले विश्व कुष्ठरोग दिवसको पूर्वसन्ध्यामा...