काठमाडौं। स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको छ । उजरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर १५ वैशाखमा उम्मेदवारको नाम सार्वजनिक गरिनेछ । उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गते सकय दिइनेछ । त्यही दिन साँझ...
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले आफ्नो कार्यालय बाहेकका स्थानमा डिजिटल बोर्ड, फ्लेक्स र ग्लोसाइन बोर्ड राखेर प्रचारप्रसार गर्न प्रतिबन्ध लगाएको छ । राजपत्रमा बिहीबार प्रकाशित निर्वाचन आचारसंहितामा डिजिटल बोर्डबाट हुन सक्ने प्रचार रोक्न यस्तो प्रावधान राखेको हो । उम्मेदवारको कार्यालयमा राखिने तुलको कपडामा बनाईएको ३/३ फिटको दलको...
काठमाण्डौ । नेकपा एकीकृत समाजवादीले आगामी स्थानीय तहको निर्वाचनका लागि सातै प्रदेशमा केन्द्रीय नेताहरु खटाउने भएको छ । ‘जनतामा जाउँ, एकीकृत समाजवादीलाई जिताउँ’ भन्ने मूल चुनावी नारा सहित एकीकृत समाजवादी भूगोलमा गएर बास्तविक अवस्था पहिचान गर्ने भएको हो । बिहीबार बसेको पार्टीको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीका प्रचार विभाग प्रमुख एवम् उपमहासचिव...
बाँके । सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारुढ गठबन्धन तीनै तहको निर्वाचनसम्म कायम रहने बताएका छन्। नेपाल प्रेस युनियन बाँकेले आइतबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा उनले विशेष परिस्थितीमा विशेष उद्देश्यका साथ गबन्धनको निर्माण भएको र यो गठबन्धनले संविधानको रक्षा गरेको बताए। ‘यो गठबन्धनले कानुनी शासनको...
काठमाण्डाै । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले सूर्यमा ग्रहण लागेको बताएका छन् । उनले एमालेको ओरालो यात्रा सुरु भएको भन्दै आफूले नेतृत्व गरेको एकीकृत समाजवादीमा आउन एमाले नेता कार्यकर्ताकर्तालाई आग्रह गरे । शनिबार रौतहटमा नेकपा (एकीकृत समाजवादी) दुर्गा भगवती गाउँपालिका गाउँ कमिटीले गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई शनिबार सम्बोधन...
काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसदहरूले नाराबाजी थालेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले आइतबार दिउँसो बैठक प्रारम्भ भएको घोषणा गरेलगत्तै रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी गरिरहेका हुन् । एमालेले गत २३ भदौदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ । एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।...
काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले ठूलो सफलता प्राप्त गर्ने दावी गरेका छन् । सोमबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले अन्य पार्टीहरुसँग तालमेल गरी ठूलो सफलता हात पार्ने दावी गरेका हुन् । ‘जो जो सँग हाम्रो तालमेल मिल्नेछ, तालमेल मिलेर हामी चुनावमा अत्याधिक...
काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचन प्रयोजनका लागि छापिने मतपत्रमा हरियो रङको प्रयोग हुने भएको छ। मतपत्र र स्वस्तिक छापको मसी एकै प्रकारका हुँदा मतगणनामा समस्या भएको गुनासो आएको भन्दै निर्वाचन आयोगले मतपत्रको मसी परिवर्तन गर्ने निर्णय गरेको हो। निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ गर्दा मतपत्रमा हुने चिह्न, विवरण तथा सुरक्षण चिह्न हरियो मसीले छपाइ गर्ने निर्णय...
जाजरकोट । जिल्लाको कुशे गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमाले परित्याग गरी ८१ जनाले नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन । एकीकृत समाजवादीको कुशे गाउँ कमिटीको शनिवार सम्पन्न पार्टी कार्यालय उद्घाटन कार्यक्रममा कांग्रेसबाट ६५ जना र एमाले बाट १६ जना नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका हुन । कार्यक्रममा कांग्रेसबाट दलित संघका क्षेत्रीय उपसभाति...
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । यस बैठकले एमसीसी संसदमा पेस गर्ने कि नगर्ने भन्ने विषयमा साझा धारणा तय गर्ने छ । साझा धारणा बनाउने प्रयासमा यसअघि पटक-पटक बसेका सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन हुँदै आएका थिए । गत शुक्रबार बसेको गठबन्धनको...