२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
इरानद्धारा इजरायलमाथि रकेट आक्रमण
इरानद्धारा इजरायलमाथि रकेट आक्रमण
  • न्युज डेस्क

१६ असोज काठमाडौं । इरानले इजरायलमाथि रकेट आक्रमण गरेको छ । इजरायली सेनाले इरानबाट प्रहार भइरहेका क्षेप्यास्त्रहरूलाई पहिचान गरी नष्ट गर्ने प्रयास गरिरहेको बताएको छ ।

इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले इजरायली नागरिकलाई सतर्क रहन र सुरक्षात्मक कदम चाल्न आग्रह गरेका छन् ।इजरायली सेनाले इजरायलीहरूलाई सतर्क रहन र होम फ्रन्ट कमाण्डको निर्देशनहरू पालना गर्न आग्रह गरेको छ। साइरन सुन्ने बित्तिकै सुरक्षित स्थानमा सर्ने र अर्को सूचना नआएसम्म त्यहीँ बस्न भनिएको छ ।यसैबीच, इजरायलले लेबनानमा हिजबुल्लाहविरुद्ध जमिनबाट आक्रमण गरिरहेको छ ।इरानले भने इजरायलमाथि हानिया र नसरल्लाहको मृत्युको जवाफमा हमला गरेको बताएको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरले इरानको सरकारी टेलिभिजनमा विज्ञप्ति जारी गर्दै इजरायलमा आफूले आक्रमण भएको पुष्टि गरेको छ ।

  • १६ आश्विन २०८१, बुधबार प्रकाशित
  • Nabintech