२७ भदौं काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुनु भएको छ । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गर्नु भएको हो । त्यस्तै, उनको शपथ ग्रहण अहिले बेलुका ९ बजे हुने भएको छ ।
जाजरकोट । शान्ति र संविधानको रक्षाका लागि शुक्रबार जिल्ला सदरमुकाम खलंगामा सर्वपक्षीय सद्भाव र्यालीसहित प्रदर्शन गरिएको छ। “संविधानको रक्षा गर”, “लोकतन्त्र मास्न पाइँदैन”, “शान्ति र सद्भाव कायम गर” लगायतका नारा घन्काउँदै सहभागीहरूले प्रदर्शन गरेका थिए। र्यालीपछि आयोजित कोणसभामा विभिन्न राजनीतिक दल निकट युवाहरूले सम्बोधन गर्दै संविधान र लोकतन्त्रमाथि...
२७ भदौं काठमान्डौं । नयाँ नियुक्त हुने अन्तरिम सरकारका प्रधानमन्त्रीको कार्यकक्ष गृह मन्त्रालयको नयाँ भवनमा राख्ने तय भएको छ । मुख्यसचिव एकनारायण अर्यालसहित विभिन्न सचिवहरुले आज सिंहदरबारमा आगलागीबाट क्षति भएका भौतिक संरचनाको अवलोकनपछि तत्कालको लागि प्रधानमन्त्री कार्यालय गृह मन्त्रालयको नयाँ भवनमा राख्ने निर्णय गरेका हुन् ।मंगलबारको विध्वंशकारी आन्दोलनको...
२७ भदौं काठमान्डौं । गत मंगलबार देशभर भएको विध्वंसको फाइदा उठाउँदै हुलहुजज्जत सहित नख्खु कारागारबाट बाहिर निस्केका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्नुपर्ने माग चर्किन थालेको छ।जेन जीहरूले टिकटकमार्फत् रविलाई जेल फर्किन दबाब देखिन थालेका बेला अब सडकका भित्तामा पनि सूचना देखिन थालेको छ । सहकारी ठगीमा जेलमा रहेका रविलाई रास्वपा...
२६ भदौ काठमाडौं । एमाले र एकीकृत समाजवादीका विद्यार्थी संगठनले संविधानको रक्षामा उभिन आह्वान गरेका छन् ।काठमाडौंको नेपाल कमर्स क्याम्पस मीनभवनमा उभिएर उनीहरूले संविधानको रक्षा गरौं, राष्ट्रपतिलाई सार्वजनिक गर भन्ने प्लेकार्ड बोकेर उभिएका हुन् । ‘न्यायिक आवाजलाई दबाउने कोसिसले मात्र राजनैतिक ढाँचा कमजोर बनाउँछ ।
२६ भदौं काठमान्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जेनजी युवा र आफूहरूले एउटै मुद्दा उठाइरहेका बेला माओवादी कार्यालय र निजी निवासमा कसले र किन आगो लगायो भनी प्रश्न गर्नु भएको छ ।अध्यक्ष प्रचण्डले प्रेस वक्तव्य जारी गर्दै आन्दोलनको दोस्रो दिन आयोजकको घोषणाविपरीत अवाञ्छित तत्त्वहरूको घुसपैठ भएको र उनीहरूले नै सिंहदरबारसहित राज्यका साझा संरचनामा...
२५ भदौं काठमाडौं । जेनजी आन्दोलनकारीको आगजनीमा परेकी नेकपा एसका नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार अहिले उपचाररत रहनु भएको छ । उहाको मृत्यु भएको हल्ला असत्य भएको सोही पार्टीका नेता एवं पूर्वमन्त्री जीवनराम श्रेष्ठले जानकारी दिनु भयो ।हिजोको हिंसात्मक प्रदर्शनका क्रममा आन्दोलनकारीले डल्लुस्थित झलनाथको घरमा पनि आगो लगाइदिएका थिए । त्यसवखत झलनाथ घरबाहिर...
२५ भदौं काठमाडौं । देशभरका कारागारबाट कैदीबन्दी भाग्ने लहर चलेसँगै काठमाडौंका डिल्लीबजारका कैदीबन्दीहरुले पनि भाग्ने प्रयास गरेका छन् ।उनीहरूले कारागारभित्र तोडफोड र आगजनी गरेपछि नेपाली सेनाले हस्तक्षेप गरेको छ ।कारागारभित्र कैदीबन्दीहरुले आफूहरू पनि भाग्न पाउनुपर्ने भन्दै नाराबाजी गरिरहेका छन् । बाहिर सेनाको कडा तैनाथी छ कारागारभित्र आगो लागिरहेको छ...
२५ भदौं काठमान्डौं । नेपाली सेनाले आन्दोलन क्रममा अराजक भिडले मङ्गलबार लुटेको ३१ नाल हतियार र त्यसमा लाग्ने गोलीगट्ठा बरामद गरेको जानकारी दिएको छ ।प्रदर्शन क्रममा आक्रमणमा घाइते भएका २३ जना घाइते नेपाल प्रहरी तथा तीन जना गैरसैनिक व्यक्तिहरूको सैनिक अस्पतालहरूमा उपचार गरिएको सेनाले जारी गरेको अपडेटमा उल्लेख छ । जेन जी आन्दोलनको आवरणमा घुसपैठ गरेका अराजक समूहले...
२५ भदौं काठमाडौं । आन्दोलनको नाममा लुटपाट गर्ने २६ जना पक्राउ परेका छन् ।आन्दोलनका नाममा अनुचित फाइदा उठाउने काठमाडौं र भक्तपुरका विभिन्न स्थान राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटेल हायातबाट लुटपाट गर्ने कार्यमा संलग्न २६ जना पक्राउ परेका हुन् । लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने, अराजक गतिविधि देखिएमा नेपाली सेनाको हटलाइन ९८६३०२९०२९ को ह्वाट्सएप तथा...