२६ भदौं काठमान्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जेनजी युवा र आफूहरूले एउटै मुद्दा उठाइरहेका बेला माओवादी कार्यालय र निजी निवासमा कसले र किन आगो लगायो भनी प्रश्न गर्नु भएको छ ।अध्यक्ष प्रचण्डले प्रेस वक्तव्य जारी गर्दै आन्दोलनको दोस्रो दिन आयोजकको घोषणाविपरीत अवाञ्छित तत्त्वहरूको घुसपैठ भएको र उनीहरूले नै सिंहदरबारसहित राज्यका साझा संरचनामा आगजनी गरेको बताउनु भएको हो ।
अध्यक्ष प्रचण्डले जेनजी आन्दोलनको माग र माओवादीले विगतदेखि उठाउँदै आएका विषयहरुबीच मेल खाने भन्दै आन्दोलनका कैयन पीडादायी पक्ष भए पनि समग्रमा राष्ट्रले अग्रगमनतर्फ अघि बढ्ने सम्भावना ढोका खोलेको बताउनु भएको छ । यसका लागि उहाले जेनजी पुस्तालाई विशेष धन्यवाद समेत दिनु भएको छ ।प्रचण्डले संविधान र वर्तमान संसदीय प्रक्रियाबाटै उनीहरूका माग पूरा हुने दाबी समेत गर्नु भयो ।