३० भाद्र २०८२, सोमबार
३० भाद्र २०८२, सोमबार
झलनाथ खनालकी पत्नी बोल्नसक्ने अवस्थामा , उपचार जारी
झलनाथ खनालकी पत्नी बोल्नसक्ने अवस्थामा , उपचार जारी
  • न्युज डेस्क

२५ भदौं काठमाडौं । जेनजी आन्दोलनकारीको आगजनीमा परेकी नेकपा एसका नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार अहिले उपचाररत रहनु भएको छ । उहाको मृत्यु भएको हल्ला असत्य भएको सोही पार्टीका नेता एवं पूर्वमन्त्री जीवनराम श्रेष्ठले जानकारी दिनु भयो ।हिजोको हिंसात्मक प्रदर्शनका क्रममा आन्दोलनकारीले डल्लुस्थित झलनाथको घरमा पनि आगो लगाइदिएका थिए । त्यसवखत झलनाथ घरबाहिर थिए भने पत्नी रविलक्ष्मी घरमै रहनु भएको थियो ।

घरबाट समयमै बाहिर निस्किन नसक्दा उहा आगोमा जल्नु भएको हो ।उहालाई उपचारका लागि कीर्तिपुरस्थित बर्निङ अस्पतालमा राखिएको छ । चिकित्सकले खतरामुक्त भनेको श्रेष्ठले बताउनु भयो ।

  • २५ भाद्र २०८२, बुधबार प्रकाशित
  • Nabintech