जाजरकाेट । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जाजरकोटबाट सत्तारुढ गठबन्धनले माओवादी केन्द्रका पूर्वमन्त्री शक्तिबहादुर बस्नेत र एमालेले युवा नेता निरज प्रसाद आचार्यलाई मैदानमा उतारेको छ । बस्नेत अघिल्लो निर्वाचनमा यसै निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । उनीसँगको प्रतिस्पर्धामा आचार्य पहिलो पटक प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् । त्यसैगरी राप्रपा...
जाजरकाेट । क्षेत्र नं १(क) जाजरकाेटमा स्वतन्त्र उम्मेदवारी दिएका कमान बहादुर खड्काले काग चुनाव चिन्ह पाएका छन् । उनलाई निर्वाचन आयोगले आज काग चुनाव चिन्ह प्रदान गरेको हो । सत्तारुढ गठबन्धनको भागवण्डामा जाजरकाेटमा नेकपा एकिकृत समाजवादीकाे भाग नपरेपछि खड्काले क्षेत्र नं १(क) मा उम्मेदवारी दिएका हुन् । उनको उम्मेदवारी फिर्ताका लागि चौतर्फि दवाव आएको भएपनि...
जाजरकाेट । आगामी संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसो १ बजेसम्मको समय दिएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका व्यक्तिले आज १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन पाउनेछन् । आयोगले आजै दिउँसो ३ बजेभित्र उम्मेदवारहरूको अन्तिम...
काठमाण्डाै । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका छन्। बैठकमा गठबन्धनबाहेकका बागी उम्मेदवार र गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरूलाई बर्खास्त विषयबारे छलफल गर्ने एक नेताले बताएको छ। प्रधानमन्त्री देउवाले दिउँसो २ बजे बालुवाटारमा गठबन्धनको बैठक बोलाएका हुन्। सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै गठबन्धन छाडेर जसपाले...
काठमाण्डाै । नेकपा एमालेले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी नदिने भएको छ । एमालेले सुदूरपश्चिमका १५ वटा निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवार तय गर्दा देउवाको निर्वाचन क्षेत्र डडेलधुरामा भने उम्मेदवार नउठाउने भएको हो । प्रधानमन्त्री देउवाविरुद्ध एमालेले डडेलधुरामा कांग्रेस बीपीका वरिष्ठ उपाध्यक्ष कर्ण मल्ललाई समर्थन...
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले टिकट नपाउने भएका छन् । एमाले स्रोतका अनुसार, अछाम–१ बाट झपट बोहोरालाई टिकट दिइएको छ । ‘झपट बोहोराको नाम टुंगिएको छ, अब यही नाम अन्तिम होला’, स्रोतले भन्यो । नेकपा माओवादी केन्द्र छोडेर आएका बोहोरा एमाले केन्द्रीय सदस्य एवम् अछाम इन्चार्ज छन् । अध्यक्ष केपी शर्मा ओलीले तिनै बोहोरालाई उम्मेदवार बनाउने निर्णय सुनाएका हुन् । एमालेले...
काठमाण्डौ । आउँदो मङ्सिर ४ गते हुने चुनावका लागि ३२ राजनीतिक दलले समानुपातिक बन्दसूची परिमार्जन गरेका छन् । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिकको बन्दसूची सच्याएर बुझाउन हिजोसम्मको समयसीमा दिएर ४८ राजनीतिक दललाई पत्राचार गरेको थियो । निर्वाचन आयोग राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद...
काठमाडौँ । निर्वाचन आयोगले मंगलबार मध्यरातदेखि आचारसंहिता लागू गरेसँगै सरकारी निकाय वा सार्वजनिक संस्था वा अर्धसरकारी संस्था, सुरक्षा निकाय, सञ्चारमाध्यमलगायतले निष्पक्ष ढंगले प्रस्तुत हुनुपर्ने भएको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि जारी आचारसंहिताले नयाँ नीति, योजना र कार्यक्रम घोषणा गर्न सरकारलाई पनि रोक लगाएको छ । सत्तारूढ एकीकृत...
काठमाडौँ । आगामी निर्वाचनमा समान अवसर र न्यायको माग राख्दै नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टी मुख्यालय सानेपामा धर्ना दिएका छन् । समानुपातिक उम्मेदवारबारे बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक चलिरहँदा सानेपास्थित पार्टी कार्यालयमा कोइराला समूहका नेताहरूले धर्ना सुरु गरेका हुन् । ‘हामी पार्टीको विरुद्धमा छैनौं । हामीले पार्टीभित्र न्याय मागेका...
जाजरकाेट । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा कर्णाली प्रदेशमा एक हजार चारसय तीन मतदान केन्द्र कायम गरिएको छ । सबैभन्दा बढी सुर्खेतमा मतदान केन्द्र कायम रहेका छन् भने सबैभन्दा कम हुम्लामा रहेको छन् । सल्यानमा दुईसय दुई मतदान केन्द्र कायम गरिएको छ भने मतदान स्थलको संख्या एकसय १७ रहेको छ । यस्तै, डोल्पामा ६६ केन्द्र, ६६ स्थल रहेका छन् । मुगुमा ६६ केन्द्र...