२५ कात्तिक कास्की । पोखरामा रास्वपाका कार्यकर्ता पक्राउ परेका छन । जेन–जी आन्दोलनका क्रममा पोखरामा माइकिङ गर्दै विभिन्न व्यक्तिको घर तोडफोडका निम्ति अपिल गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ता विक्रम भन्ने अभिमन्यु पाण्डे पक्राउ परेका छन् ।कास्कीका जिल्ला प्रहरी प्रवक्ता डीएसपी हरि बस्नेतका अनुसार पृथ्वीचोकमा रहेको शहीद लखन थापाको शालिक...
२४ कात्तिक काठमाडौं । नेपाल प्रहरीको ३३ औँ महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त भएका हुनु भएको छ ।मन्त्रिपरिषद्को सोमबारको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीको ठाडो प्रस्तावमा कार्की कात्तिक २७ गतेदेखि लागु हुने गरी महानिरीक्षक नियुक्त हुनु भएको हो । २०५४ चैत १८ मा नेपाल प्रहरीको निरीक्षक इन्स्पेक्टर दर्जामा भर्ना भएका कार्की २०२९ साउन १५ मा गुल्मीमा जन्मिनु...
२२ कात्तिक काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको निधन भएको छ । उपचारका क्रममा उनको गएराति २ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि केही दिनदेखि काठमाडौं मेडिकल कलेज केएमसीमा राखेर उपचार भइरहेको थियो । मिर्गौला फेल भएपछि डायलाइसिस भइरहेको थियो । गत जेठमा नक्खु कारागारबाट छुटेलगत्तै पनि...
२१ कात्तिक सर्खेत । सुर्खेत कारागारमा एक थुनुवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।लागुऔषध मुद्दामा कारागार चलान भएका सुर्खेतकै ३५ वर्षीय गंगे सुनार शुक्रबार बिहान सुतेकै ठाउँमा अचेत भेटिएका थिए। जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी मोहनजंग बुढथापाका अनुसार बिहान ५. ४५ बजे उठाउन खोज्दा उनी अचेत रहेको खुलेको थियो।त्यसपछि तत्कालै कर्णाली प्रादेशिक...
२९ असोज काठमान्डौं । २ दिन अघि सम्म जेन जीको अगुवा भन्दै विभिन्न कार्यालयमा पुगेर प्रमुखलाई थर्काउने राजीनामा माग्ने जेन जी अर्जुनबहादुर शाही पक्राउ परेका छन ।उनि संवैधानिक आयोगमा समेत प्रमुखलाई थर्काउने आफुले भनेको काम गर्न दबाव दिने काम नगरे बाटो खाली गर्नु पर्छ भन्दै राजीनामा समेत माग गर्ने ठग जेन जी पक्राउ परेका हुन ।उनलाई प्रहरीले काठमाडौंको कोटेश्वरबाट...
२९ असोज काठमान्डौं । जेन जीको नाममा सरकारी कार्यालयमा गएर थर्काउने ठगी धन्दामा संलग्न रहेका आफुलाई जेन जी भन्ने अर्जुनकुमार शाहीलाई प्रहरीले समात्ने तयारी गरेको छ ।केहि दिन अघि सम्म अख्तियार लगायतका कार्यालयमा पुगेर प्रमुखको राजीनामा माग्ने थर्काउने कार्य गरेका शाहि बैकिङ कसूर र ठगिका विभिन्न घटनामा मुछिएका उनलाई पक्राउ गर्न प्रहरीले आन्तरिक सर्कुलर गरेको...
२८ असोज काठमान्डौं । सर्वोच्च अदालतमा आजदेखि रिट निवेदन दर्ता खुलेसँगै प्रतिनिधिसभा विघटनविरुद्ध एकैदिन १० वटा रिट निवेदन पेस भएका छन्।गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनमा अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट क्षति भएपछि बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेक सबै काम स्थगित गरिएको थियो। आजदेखि रिट निवेदन दर्ता र सुनुवाइ...
२६ असोज काठमाडौं । नेकपा माओवादीका केन्द्रीय उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले महरालाई काठमाडौंबाट पक्राउ गरिएको पुष्टि गरेको छ ।उनलाई भन्सार ऐन, २०६४ तथा संगठित अपराध कसूरमा पक्राउ गरिएको एसएसपी शिवकुमार श्रेष्ठद्वारा हस्ताक्षरित ब्युरोको विज्ञप्तिमा उल्लेख छ । महरालाई केही...
२६ असोज काठमान्डौं । जेन जी आन्दोलनका क्रममा प्रहरीको हतियार लुटेर भाइरल भएका एक युवा लागु पदार्थ सहित पक्राउ परेका छन ।पक्राउ पर्ने युवक झापा दमक वडा नम्बर ३ का १८ वर्षीया आदित्य लिम्बु रहेका छन् ।लिम्बुले भदौ २४ गते भएको जेन्जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको हतियार खोसी भिडियो बनाएका थिए । उनले प्रहरीको हतियार बोकेर फोटो खिचेको फोटो...
२३ असोज काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग र सवै जिल्ला समितिहरु खारेज गर्ने निर्णय गरेको छ ।सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरु खारेज गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिनु भयो ।