
२१ कात्तिक सर्खेत । सुर्खेत कारागारमा एक थुनुवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।लागुऔषध मुद्दामा कारागार चलान भएका सुर्खेतकै ३५ वर्षीय गंगे सुनार शुक्रबार बिहान सुतेकै ठाउँमा अचेत भेटिएका थिए।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी मोहनजंग बुढथापाका अनुसार बिहान ५. ४५ बजे उठाउन खोज्दा उनी अचेत रहेको खुलेको थियो।त्यसपछि तत्कालै कर्णाली प्रादेशिक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।उनको मुद्दामा आज पनि सुनुवाइ थियो। आजै अन्तिम फैसला आउने भनिएको थियो।