काठमाडौं । सत्ता साझेदार दलको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको बैठकपछि नेपाली कांग्रेसका नेता रमेश लेखकले सञ्चारकर्मीलाई जानकारी दिए। उनका अनुसार न्यूनतम साझा कार्यक्रमको मस्यौदामा विस्तृत छलफल भएर भोलि टुङ्गोमा पुगिनेछ...
काठमाडौं । सरकारले मिटरब्याजलाई अपराध मान्दै कानुनी दायरामा ल्याउने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन मुलुकी अपराध संहिता, २०७४ को आवश्यक संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमल्सिनाका अनुसार मिटरब्याजीलाई अपराधको रूपमा लिएर आवश्यक कानुन बनाउने मन्त्रिपरिषद्...
काठमाडौँ । मतदाता सङ्ख्या र बजार महँगी बढ्दो भए पनि अनावश्यक खर्च कटौती गरिएका कारण विगतको तुलनामा यस वर्षको निर्वाचनमा कम खर्च भएको देखिएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा हालसम्मको विवरणमा करिब रु सात अर्ब ५० करोड खर्च भएको अनुमान छ भने नेपाल सरकारले सो निर्वाचनका लागि विनियोजन गरेको मध्ये करिब रु तीन अर्ब ५० करोड फिर्ता...
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले अदालतमा मुद्दा नपरेका क्याम्पसहरुमा यही चैत ५ गते स्ववियुको निर्वाचन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मध्यपश्चिम विश्वविद्यालय कार्यकारी परिदष्को बैठकले अदालतमा मुद्दा नपरेका विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा निर्वाचन गर्ने निर्णय गरेको हो। चैत ३ गते आर्थात आज शुक्रबार मध्यपश्चिम विश्वविद्यालयले स्वतन्त्र...
काठमाडौँ । जनता समाज पार्टी ९जसपा० नेपालका संसदीय दलका नेता एवं पूर्वमन्त्री रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि आज भएको मतदानमा उहाँ आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीका ममता झालाई पराजित गरी निर्वाचित हुनुभएको हो । उपराष्ट्रपतिमा निर्वाचित जसपा नेता रामसहाय...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आसन्न उपराष्ट्रपति निर्वाचनको मतदानमा तटस्थ बस्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले सो पदको उम्मेदवारलाई मत नदिने निर्णय गरेको नेता राजाराम श्रेष्ठले बताउनुभयो । राप्रपा राष्ट्रपतिको निर्वाचनमा...
जाजरकाेट । निर्माण ब्यवसायी संघको अध्यक्षमा रणबहादुर कार्की निर्वाचित भएका छन् । सहमति जुट्न नसकेपछि मंगलवार नयाँ कार्यसमिति छनौटका लागि भएको निर्वाचनमा बुद्धिबहादुर खत्रीलाई १२ मतको अन्तरले पराजित गदै कार्की अध्यक्षमा निर्वाचित भएका हुन् । ८९ मत खसेकोमा ३ मत बदर भएको थियो । कार्कीले ४९ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी खत्रीले ३७ मत प्राप्त गरेका...
जाजरकोट । एमालेले अघि सारेकै उम्मेदवार राष्ट्रपति हुने नेकपा एमालेका सचिव योगेश कुमार भट्टराईले दाबी गर्नुभएको छ । बुधबार खलंगामा प्रेस चौतारी नेपाल जाजरकोटले आयोजना गरेको पत्रकार भेटघाटमा नेता भट्टराईले अहिलेको सत्ता गठबन्धनमा पुस १० गते भएको सहमति अनुसार नै राष्ट्रपति निर्वाचन हुने बताउनुभयो । केही नेताहरूले सहमति विपरीत गैरजिम्मेवार अभिव्यक्ति दिएको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार सम्मेलनमा लामिछानेले नेपाली सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाउँदै धम्कीपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार रहेको महासंघले जनाएको...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ९मङ्गलबार० प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिँदै हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । उहाँलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी,...