३० भाद्र २०८२, सोमबार
३० भाद्र २०८२, सोमबार
‘मस्ट वान्टेड क्रिमिनल’ भन्दै रविको फोटो चोक चोकमा
‘मस्ट वान्टेड क्रिमिनल’ भन्दै रविको फोटो चोक चोकमा
  • न्युज डेस्क

२७ भदौं काठमान्डौं । गत मंगलबार देशभर भएको विध्वंसको फाइदा उठाउँदै हुलहुजज्जत सहित नख्खु कारागारबाट बाहिर निस्केका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्नुपर्ने माग चर्किन थालेको छ।जेन जीहरूले टिकटकमार्फत् रविलाई जेल फर्किन दबाब देखिन थालेका बेला अब सडकका भित्तामा पनि सूचना देखिन थालेको छ ।

सहकारी ठगीमा जेलमा रहेका रविलाई रास्वपा सांसदहरू हरि ढकाल र डीपी अर्याल नख्खु पुगेर त्यहाँस्थित जेलरलाई दबाब दिँदै कानुनी रुपमा प्रश्न गर्न मिल्ने कागजातका भरमा बाहिर निकालेका थिए ।चलानी नम्बरसमेत नभएको र गृह मन्त्रालयका सचिवले गर्ने नमिल्ने निर्णय भन्दै लेखिएको उक्त पत्रलाई आड देखाउँदै बाहिर निस्केका रविलाई फेरि जेल पठाउने अभियान थालिएको हो ।पछिल्लो पटक ‘हामी नेपाल’ समूहका युवाहरूले काठमाडौँका चोक चोकमा रवि लामिछानेको फोटोसहितको पोष्टर टाँस्दै फरार भएकाले पक्राउ गर्न दबाब दिएका हुन् ।उनीहरूले रवि कारागारबाट निस्किएर फरार भएकाले उनलाई पक्राउ गरेर कारागार फर्काउन माग गरेका छन् । ‘कैदी भागेको सूचना’ भन्दै टाँसिएको पोस्टरमा उनलाई ‘मस्ट वान्टेड क्रिमिनल’ का रुपमा उक्त सूचनामा परिचित गराइएको छ ।जेन जी आन्दोलनमा घुसपैठ गर्न पुगेका रास्वपाका कार्यकर्ताहरूले लामिछानेलाई नख्खुबाट बलजफ्ती निकालेका थिए । नख्खुबाट निस्केयता उनी अहिले अपार्टमेन्टमा रहेका छन् । तर यता सडकमा भने उनलाई फरार कैदीका रुपमा खोजी थालिएको हो ।लामिछाने नख्खु बलजफ्ती निस्केको साइड इफेक्ट अहिले देशभरबाट कम्तीमा पनि १५ हजार कैदी भागिसकेका छन् । नख्खुबाट भागेका खुंखार अपराधी एवम् पूर्वमन्त्री सञ्जय टक्ला ललितपुरको मंगलटारबाट पक्राउ परिसकेका छन् ।

  • २७ भाद्र २०८२, शुक्रबार प्रकाशित
  • Nabintech